पोखरामा तिहारमा १ करोडको फुल उत्पादन,धान खेतमा सयपत्री फुल


 

सागर राज तिमिल्सिना
पोखरा/धान रोप्ने खेतमा धान छाडेर पोखराको मासबारमा दुई जनाले सयपत्री फुलखेती शुरु गरेका छन् । पोखरा मासबारका माधव बराल र कास्की निर्मल पोखरीका बसन्त भण्डारीले ६ रोपनी खेतमा व्यवसायीक खेती गरेका हुन् । उनिहरुले करिब ३ लाखको लागतमा व्यवसायीक खेती गरेका हुन् । तिहार लक्ष्त गरि उत्पादन गरिएको फुल माग पोखरामा नै अत्याधिक रहेको छ ।
अघिल्लो वर्ष देखि फुलको व्यवसायीक खेती गरेका भण्डारीले अघिल्लो वर्ष राम्रो भए पछि यस वर्ष अझ बढि क्षेत्रफलमा खेती गरेको बताए । धान खेतीमा भन्दा फुल खेतीमा आम्दानी हुने देखे पछि उनिहरुले धान खेतमा फुल रोपेका बताए । धान खेतबाट करिब ५० हजारको उत्पादन हुने भए पनि फुलखेतीबाट करिब १ लाख भन्दा बढि उत्पादन हुने माधव बरालले बताए ।

उनिहरु मात्रै हैन कास्कीमा अन्य कृषकहरु पनि फुल खेतीमा अग्रसर देखिएका छन् । कास्कीमा अघिल्ला वर्षहरु भन्दा यस वर्ष फुलको उत्पादन समेत बढेको छ । पोखरामा अघिल्लो वर्ष कास्कीको उत्पादनले २५ प्रतिशत मात्रै माग पुरा गर्ने गरेको थियो भने वर्ष ५० प्रतिशत फुलको माग कास्की बाटै भएको पुष्प व्यवसायी समिति कास्की अध्यक्ष दया द्वाले जानकारी दिए । अन्य फुलको माग भारतबाट आउने गरेको छ ।

पोखराको बजारमा नेपाली किसानले उत्पादन गरेको सयपत्री फूलको थुंगा एउटालाई पाँचदेखि १० रुपैयाँ पर्ने गरेको छ । पोखरामा तिहारमा दुई करोड रुपैयाँ जतिको फूल कारोबार हुने अनुमान छ । जिल्ला कृषि कार्यालयका अनुसार कास्कीमा नीजि नर्सरी र किसानले जम्मा ५ हेक्टर क्षेत्रफलमा मात्रै पुष्पखेती गर्छन् ।

तिहारमा बिशेष गरी सयपत्री फुलको माला प्रयोग हुन्छ । त्यसैले ब्यवसायीले स्थानीय, अमेरिकन जातका सिन्जेन्टा, रातो, पहेलो, सुन्तला तथा सुनौला रंगका फुलहरुनै उत्पादन गरिरहेका छन् । फूलको मुख्य बजार तिहार मानिन्छ । नेपाली किसानले फुलाएका फूल अरु बेला खासै बिक्री हुँदैनन् । पूजाआजामा प्रयोग गर्न र मन्दिरमा लैजान मात्रै अरु बेला फूल प्रयोग हुने गरको छ ।