चितवन समाज स्पेनले चार बिद्यालयहरुमा एक/एक लाखको छात्रवृत्ति कोष खडा गर्ने


बसन्त रानाभाट
बार्सिलोना
चितवन देखी आएर स्पेनमा बसोबास गर्ने नेपालीहरुको सस्था चितवन समाज स्पेनले चार बटा बिद्यालयमा एक- एक लाखको छात्रवृत्ति कोष खडा गर्ने भएको छ। समाजले चितवन जिल्लामा नै रहेका बिद्यालयहरुमा दुई बर्षको अन्तरालमा सबै कोषहरू खडा गरि सहयोग गर्न लागेको हो।
समाजको हालै बार्सिलोनामा सम्पन्न तेस्रो अधिबेशनबाट बनेको नयाँ कार्यसमितिले जिल्लाको दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य सस्था सँगको सहकार्य गर्दै स्वास्थ्य शिबिर पनि संचालन गर्ने निर्णय गरेको छ।
चितवन जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथ गठन भएको समाजले आफ्नो बिधान अनुरुपकै कदम चालेको जनाएको छ । समाजका अध्यक्ष प्रकाश तिमिल्सिनाले शिक्षा र स्वास्थ्यमा निरन्तर सहयोग गर्ने बताए। उनले नेपाली नेपाली डटकम  सँग कुराकानी गर्दै भने,” हामी पहिले सहयोग गर्ने बिद्यालयको पहिचान गर्छौ त्यसपछि त्यहाँ अध्ययनरत अपाङ्ग, गरिब तथा जेहेन्दार बिधार्थीहरुको अध्ययनका लागि सहयोग गर्छौ।
सन् २०१० मा यस अघि पनि समाजले चितवन ज्योति नगरमा रहेको बि.अ.पी.( बिपन्न,असाहय र पिडित ) बालबालिकाहरुको अध्ययन गराउने सस्थालाई भबन निर्माणको लागि रु १ लाख भन्दा बढी सहयोग गरेको थियो।

यता चितवन देखि स्पेनमा आई बसोबास गर्ने तथा अन्य नेपालीहरुको सहयोगका लागि भन्दै समाजले कम्तिमा पाच सय युरो रहने गरि कल्याणकारी कोष खडा गर्ने भएको छ। स्पेनमा रहने नेपालीहरुलाई आपत विपतको घडीमा सहयोग गर्नु परेमा कोषबाट रकम खर्च गर्न सजिलो हुने भन्दै यस्तो निर्णय गरेको समाजले जनाएको छ।

चितवन स्थायी घर भई स्पेनमा बसोबास गर्ने नेपालीहरुको यकिन तथ्याङ्क संकलनको लागि समाजका सचिब अर्जुन आचार्यको संयोजकत्वमा तथ्यांक संकलन तथा सदस्यता विस्तार समिति गठन गरेको छ। प्रकाश तिमिल्सिनाको अध्यक्षतामा बसेको नियमित बैठकले भरतराज न्यौपाने तथा रिमा पौडेल ढकाललाई कार्यसमिति सदस्यमा र महेश्वर कंडेल तथा बेदराम कंडेललाई सल्लाहकारमा मनोनित गरेको छ।