अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भिड्दै नेपालका सुन्दरी


काठमाडौँ,/ मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन जादैँ छन् । उनीहरुलाई आ–आफ्नो प्रतियोगितामा सफलताको लागि द हिडन ट्रेजरले सुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेको छ ।

नोभेम्बर ११ मा हुन लागेको मिस इन्टर्नेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१ मा जापानको टेकियो तर्फ जाँदै छिन् । यस्तै नोभेम्बर २९ मा हुन लागेको मिस अर्थ कार्यक्रममा भाग लिन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१ मा फिलिपिन्सको मनिलो तर्फ जाँदै छिन् । त्यस्तै डिसेम्बर १४ मा हुन लागेको मिस वल्र्ड कार्यक्रममा भाग लिन सुबिन लिम्बु नोभेम्बर १९ मा बेलायतको लण्डन तर्फ जाँदै छिन् । मिस वलर्डको ब्युटी विथ अ पर्पोज अवार्डका लागि सुबिन लिम्बु प्राथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्दि«त रहेकी छिन् ।
यसै आयोजनाका लागि उनी एक हप्ताका लागि प्राथमिक विद्यालयका विद्यार्थीहरुसँग काम गर्न सुदुर पश्चिम क्षेत्र (बझाङ, दैलेख र शिबकोट) मा जाँदै छिन् । किताबमा मात्रै केन्द्रित रहने परम्परागत शिक्षा प्रणालीको सट्टामा उनी एनिमेसन÷ल्यापटप जस्ता एकिकृत प्रविधिका मद्दतबाट शिक्षालाई रमाइलो र सहभागितामूलक बनाउन प्रेरणा दिनेछिन् जसले गर्दा विद्यार्थीहरु विद्यालय जान प्रोत्साहित हुनेछन् । उनले विद्यार्थीहरुलाई शिक्षकसँग मात्र निर्भर नभइ स्वावलम्बी रुपमा पढ्न प्रोत्साहित गर्नेछिन् । यस कार्यक्रमका लागि उनी प्रथमिक तहको शिक्षाको विकासका लागि कार्य गरिरहेको संस्था ओपन लर्निङ एक्सचेक्जसँग सहकार्य गर्ने छिन् ।

यो वर्ष मिस अर्थ पेजेन्टको विषय इको–टुरिजमलाई प्रबर्दन गर्नु हो र सबै प्रतियोगीहरुले यो विषयमा आफ्नो संलग्नता भएको भिडियो क्लिप बुझाउनु पर्नेछ । यसले पजेनटमा उनीहरुको समग्र निर्णय गर्नमा सहयोग गर्नेछ । यस्तै उनको एक हप्ता लामो लुक्ला, नाम्चे र एभरेष्ट बेस क्याम्प समेट्ने कार्य योजना अन्तर्गत प्रिन्साले आलु उत्पादन गर्ने स्थानिय फार्मिङ समुदायहरुसंग मिलेर कार्य गरिन् । आर्थिकरुपमा परिवर्तनशील आलु खेति गर्नु बाहेक, उनले किसानहरुलाई जैविक उत्पादन गर्ने कार्यमा लगाइन । बाहिरबाट सबै चिजहरु आयात गरिने हुनाले, उनले धेरै होटेल र लजहरुलाई त्यो क्षेत्रमा उत्पादन हुने स्थानिय सामानहरुको प्रयोग गर्न आग्रह गरिन् । यसो गर्नाले हजारौं पर्वतारोही, पदयात्रीहरुले स्वच्छ र जैविक तरिकाले उत्पादन गरेको विभिन्न किसिमको आलुमा आधारित खाद्य प्रयोग गर्न सक्नेछन् जसले पर्यटकहरुलाई स्वस्थ र विरामी हुनबाट बचाउने छ । संसारभरि एभरेष्ट क्षेत्रको पर्यटन प्रवर्धन गर्नु बाहेक, उनको कार्य योजनाले इको–टुरिजमको प्रवर्दन गर्दै स्थानियलाई आर्थिक रुपमा सहयोग पु¥याउनेछ । पेजेन्टको अवधिमा प्रिन्साले करुणा नेचरल वेयरस्ले श्रृजना गरेको जैविकरुपमा तयार पारिएको पोशाक लगाउने योजना बनाउँदै छिन् ।- ratopati