१३ औ आहा ! रारा गोल्ड कप माघको पहिलो साता


 

पोखरा/तेह्रौं संस्करणको आहा ! रारा गोल्ड कप २०७१ फुटबल प्रतियोगिता आउदो माघ महिनाको पहिलो साताबाट हुने भएको छ । पोखरा रंगशालामा १२ दिनसम्म संचालन हुने अन्तर्राष्ट्रि«य अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगिता माघको पहिलो सातबादेखि हुने भएको सहारा क्लवद्धारा जारी गरीएको विज्ञप्तिमा जनाइएको छ ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यले आयोजना हुने प्रतियोगितामा नेपालका ए श्रेणीका क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहने भएको महासविच केशवबहादुर थापाले बताए ।

प्रत्येक खेलको मेन अफ दि म्याच एवं वेस्ट अफ फाईभका ट्रफी वेलायतमा निर्मित–सहारा यू.के.बाट प्रायोजन गरीने भएको क्लवले जनाएको छ । हिमश्री फूड्स प्रा.लि.को उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन, गोर्खा ब्रुअरीको रेडबुल सह–प्रायोजन, टेलीटक प्रा.ली.को कलर्स मोबाईलको उप–प्रायोजनमा प्रतियोगिता आयोजना हुने भएको हो ।
फुटबल खेलको विकाससंगै, नयाँ प्रतिभान खेलाडीहरुलाई अवसर प्रदान गर्न, पोखरामा आन्तरिक एवं बाह्रय पर्यटन अभिवृद्धि गराउदै प्रतियोगिताबाट वचत हुन आउने रकमबाट कठिन परिस्थिती बिपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमी दोविल्ला सञ्चलानार्थ खर्च गरिने उद्धेश्य राखेकोे क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

सहारा क्लवले आयोजना गर्ने प्रतियोगिता क्याराभान गोल्ड कप २०५८ समेत गरी चौधौं हो । यसपूर्व क्याराभान गोल्ड कप २०५८ मा नेपाल पुलिस क्लब,
प्रथम आहा गोल्ड कप २०५९ मा नेपाल पुलिस क्लब, द्वितिय र तृतीय आहा गोल्ड कप २०६०÷२०६१ मा मनाङ्ग मस्र्याङ्गदी क्लब र चौथो आहा गोल्ड कप २०६२ मा अफ्रिकन यूनाईटेड क्लब, पाचौँ आहा गोल्ड कप २०६३ मा, थ्रि स्टार क्लब, छौटौँ÷सातौं÷आठौं आहा गोल्ड कप २०६४÷२०६५÷२०६६ नेपाल पुलिस क्लब, नवौं आहा गोल्ड कप २०६७ मा थ्रि स्टार क्लब, दशौं आहा गोल्ड कप २०६८ मा, मनाङ्ग मस्र्याङ्गदी क्लब, एघारौं आहा ! रारा गोल्ड कप २०६९ मा थ्रिस्टार क्लब, बाह्रौं आहा ! रारा गोल्ड कप २०७० मा आयोजक सहारा क्लब पोखराले प्र्रथम स्थान हासिल गर्न सफल भएको थियो ।