आयो तिहार- मनु क्षेत्री


मनु क्षेत्री

साबिक झै आयो तिहार यसै बर्ष पनि
कसैलाई पिडा दिदै कोहीलाई हर्ष बनी
आँगनी मा मखमली फुल्न थाल्यो होला
आलीभरी धानको बाला झुल्न थाल्यो होला

गुर्धौली र सयपत्री बस्ना छर्दै हाँस्दा
साथी भाई देउसी भैलो सालैजो मा नाच्दा
बैनी मेरी मुल बाटोमा निस्किएर हेर्दै
आएन दाजु भन्दि होलिन लामो सास फेर्दै

नरोउ बैनी बाटो हेरी अर्को साल म आउँला
सप्तरङी टिका मैले तिम्रै हातको लाउँला
देउसी भैलो सालैजोको भाका फेरी गाउँला
सप्तरङी टिका मैले तिम्रै हातको लाउँला
सप्तरङी टिका मैले तिम्रै हातको लाउँला

 

तपाईको प्रतिक्रिया