जनसम्पर्क समिति स्पेनले अस्थायी कार्यलय खोल्यो,पासपोर्ट लगायत कागजी प्रक्रियामा सघाउने


बसन्त रानाभाट
बार्सिलोना
नेपाली जनसम्पर्क समिति स्पेनले एमआरपी पासपोर्टको फारम भर्न लगायत अन्य कागजी प्रकिया सहज बनाउन अस्थायी कार्यलय खोलेको छ। स्पेनमा राजदुताबास नहुदा पेरिस स्थित नेपाली दुताबासमा पासपोर्ट लगायतका अन्य कागजात पेश गर्दा फारम नमिल्ने,गलत भरेर पठाउदा फिर्ता हुने लगायतका समस्यालाई निराकरण गर्न अस्थायी कार्यलय शुरु गरेको समितिले जनाएको छ।

बार्सिलोनाको काईया ओरियन्ट-९ मा अक्टोबर १८ तारिख देखि संचालन गरेको सम्पर्क कार्यलयमा कम्युटर,प्रिन्टर,स्कानिङ्ग,फोटोकपी लगायतका सामग्री राख्दै काम शुरु गरि सकेको समितिले बताएको छ । आफुलाई परेका समस्या लगायत अबैधानिक रुपमा रहेका नेपालीलाई ३ बर्षको समय पुगी सके पछि बैधानिक बन्न आबश्यक परामर्श लिन बा प्रकिया कसरी अगाडी बढाउने भनी सहयोग चाहेमा पनि कार्यलयमा पुगी छलफल गर्न सकिने भएको छ ।

नेपाली जनसम्पर्क समितिका नवनिर्बाचित अध्यक्ष शालिक राम डुम्रेले अहिलेलाई अस्थायी कार्यलय बाट काम शुरु गरे पनि यसलाई स्थायी रुपमा संचालन गर्न आफुहरु प्राबिधिक तयारीमा जुटेको बताएका छन्। डुम्रेले नेपाली नेपाली डटकमलाई भने ” हामी आर्थिक समस्यामा परेकाहरुलाई निशुल्क रुपमा नै फारम भर्ने लगायत सबै प्रक्रियामा सघाउछौ तर आर्थिक रुपमा सक्षम हुनुहुन्छ र सेबा बापत केहि शुल्क दिनुहुन्छ भने पनि त्यही कार्यलय खर्चका लागि प्रयोग गर्छौ।

समितिको हालै सम्पन्न चौथो अधिबेशनबाट बनेको नयाँ कार्यसमितिको दोश्रो नियमित बैठकले निर्णय गर्दै अस्थायी कार्यलय राखी काम शुरु गरेको हो।
नियमित बैठकले तिन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको महामन्त्री पदम दवाडीले जानकारी दिए । यस अघि समितिको अध्यक्ष पदमा रही काम गरिसकेका पुष्प राज भण्डारी,एक राज गिरि र चिन्ता मणि सापकोटालाई सल्लाहकार समितिमा राखेको छ।

यसैबीच एनआरएनए स्पेनले तिहारको उपलक्ष्यमा आयोजना गर्न लागेको दिपावली कप फुटबलमा सहभागिता जनाउने निर्यण गर्दै समितिले तयारीका लागि उपाध्यक्ष बिष्णु रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।