ईनासको तिहार बिशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा ( प्रोमो सहित )


बसन्त रानाभाट
बार्सिलोना
अन्तरास्ट्रीय नेपाली कलाकार समाज स्पेनले युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर बार्सिलोनामा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। अक्टोबर २६ तारिक बार्सिलोनामा हुने कार्यक्रममा कार्यक्रममा स्पेन लगायत डेनमार्क ,जर्मनी र नेदरल्याण्डमा रहेका नेपाली कलाकारहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ। प्रबेश निशुल्क राखिएको र तिहार बिशेष रहेकोले पनि सहभागि बनी कार्यक्रम सफल पारिदिन स्पेनबासी नेपाली समुदायलाई आयोजकले अनुरोध गरेको छ।
नेपालबाट एउटा नाम चलेको कलाकार आए हामीले धेरै सम्मान दिन्छौ बढी महत्व दिन्छौ तर बिदेशमा पनि धेरै प्रतिभावान कलाकारहरु छन् तर जति महत्व दिनु पर्ने हो त्यो दिन सकी रहेका छैनौ। समाजले त्यसको खातिर पनि प्रतिभाबान् कलाकार सबै एक हुन् भन्ने सन्देश जावोस् भन्दै कायक्रम गर्न लागेको हो । कार्यक्रम सफल बनाउनको लागि समाजका उपाध्यक्ष पुरुषोत्तम भट्टराईको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरिएको छ समितिको सदस्यमा अर्का उपाध्यक्ष भरतराज न्यौपाने,महासचिब तुलसी शिवाकोटी ,कोषाध्यक्ष संजय बिक्रम शाह, र सचिब अनिनास सिंह रहेका छन्।

सांगीतिक कार्यक्रममा पनि उपसमितिका रहेका यी सबै कलाकारहरु लगायत स्पेनबाट सुरज मैनाली,बिष्णु रानाभाट ,अभिषेक जंग राणा ,बिपिन गुरुङ,सुष्मिता गिरि ,दिव्या भण्डारी र सोनिया खत्रीको पस्तुति रहने समाजले जनाएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा अक्टोबर २६ तारिक बार्सिलोनामा हुने कार्यक्रममा डेनमार्कबाट राजमान तामाङ्ग,प्रशान्त राज बानिया ,दुर्गा बराईली,जर्मनीबाट आश्मा कडेल र नेदरल्याण्डबाट सरिता हुमागाई लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा नेपाली कलाकार समाजका केन्द्रिय प्रतिनिधिहरुको समेत उपस्थिति रहने भएको छ।

समाजले आफ्नो पस्तुतिसँगै बार्सिलोनामा सांगीतिक कार्यक्रम सम्पन्न गरिसके पछि ईनास म्युजिकल ब्यान्ड स्पेनको अवधारणा ल्याउने भएको छ। तयारी समितिले कार्यक्रममा प्राबाधिक सुधारलाई जोड दिने बताएका छन्।

समाजको कार्यक्रम बारे पूर्ण जानकारी

 मिति – अक्टोबर २६,आईतबार
स्थान – काइया सिसिलिया ३२१ ,
समय – दिउसो ४ बजे देखि राति १० बजे सम्म
प्रबेश :- निशुल्क

प्रोमो तयार :- सुबास बहादुर बिष्ट