देउसी भैलो साँझ सात बजेसम्म मात्र खेल्न पाइने


काठमाडौं/ नेपालीहरूको महान चाड तिहारको अवसरमा देउसी तथा भैेलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दा अवाञ्चित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा प्रतिकूल असर पु-याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका साँस्कृतिक कार्यक्रमहरू बेलुकी १९ः०० बजेसम्म मात्र गर्न गृह मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

साथै, तिहार र छठ जस्ता पर्वहरूमा भूइँचम्पा, पटाका र आतसवाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोकपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकाले तिहार तथा छठ पर्वको अवसरमा त्यस्ता विस्फोटक पदार्थहरूको उत्पादन, आयात, निर्यात, विक्री वितरण, परिवहन तथा प्रयोग नगर्न र आ–आफ्ना बालबच्चालाई भूइँचम्पा, पटाका र आतसवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग गर्न नदिन गृह मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

कसैले यसविपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।