नेवारी समाज (पासा पुच) स्पेनले बार्सिलोनामा म्ह पुजा गर्दै


बसन्त रानाभाट
बार्सिलोना

नेपाल सम्बत् ११३५ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पुजा हुने भएको छ । आगामी अक्टोबर २४ तारिखका दिन बार्सिलोनामा हुन लागेको पुजामा नेवार समुदाय लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहने जनाईएको छ ।

दिउसो ३ बजे देखि राति ९ बजे सम्म बजे सम्म चल्ने पुजामा सहभागी बन्न समाजले सबैलाई अनुरोध गरेको छ।

म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई ,नंया बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फुल ,अक्षताले आफैले आफैलाइ गर्दा(म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।
म्ह पुजा कै दिन नेपालको मौलिक संवत् नेपाल संवत् ११३५ को नयाँ वर्ष पनि सुरु हुने छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।
नेवारी संस्कृति र पहिचानलाई बिदेशमा पनि जोगाइ राख्ने उदेश्य सहित पुजाको आयोजना गरिएको तयारी समितिका संयोजक निलु अवाले श्रेष्ठले जानकारी दिईन्।

समाजका बिशेष समिति सदस्य सन्तोष श्रेष्ठले पुजामा भाग लिई कार्यक्रम सफल बनाउन स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।

यसै बर्ष मात्र स्पेनमा गठन भएको समाजले बार्सिलोनामा पहिलो पटक म्ह पुजाको आयोजना गर्न लागेको हो। यस अघि एनआरएनए स्पेनले बाढी,पहिरो पिडितलाई स्पेनमा रकम संकलन गर्दा पनि पासा पुच स्पेनले ५५९ युरो रकम हस्तान्तरण गरेको थियो।

नेपाली नेपाली डटकमलाई तयारी समितिले दिएको म्ह पुजा बारे बिबरण
मिति : २४ अक्टुबर २०१४
स्थान : Siracusa 53 ,08012 Barcelona मेट्रो ४ जोनिक ( हिमाली रेस्टुरेन्टको अगाडी )
समय : दिउसो ३ बजे देखि राति ९ बजे सम्म
प्रवेश शुल्क : २० युरो (१० वर्ष भन्दा मुनिको हदमा १० युरो मात्र )
अन्य जानकारी तथा दर्ताको लागि सम्पर्क
संयोजक :निलु अवाले श्रेष्ठ ६६३५००९१७ ,
सन्तोष श्रेष्ठ ६३२१९२०८०
,केशरी नेम्कुल श्रेष्ठ-६१०४०२३३५
सुन्दर ट् वाटी- ६३११३९६३७