हुडहुडले नेपालमा ल्याएको विपत्ति


भारतको आण्डमनबाट सुरु भएको हुडहुड नामकआँधीले भारतमाभन्दा नेपालमा धेरैको ज्यानलिएको छ । झट्ट सुन्दा यो अपत्यारिलो हुनसक्छ । तर वास्तबिकतायही नै हो । हुडहुडकै कारण नेपालमा मुलुकभर अप्रत्याशित बर्षा भयो ।

यसकै प्रभाबबाट उच्चहिमाली क्षेत्रमा ठूलो हिमपातभयो, जसमा परेर हिमाली क्षेत्रको पद यात्रामा गएकापर्यटक तथा नेपाली गाइड र सहयोगीको मृत्यु भएको छ । पदयात्राका लागि सेप्टेम्वर अक्टोवर महिना सबैभन्दा उपयुक्त हो तर भारतमा आएको आँधीले मौशममा एकाएक परिवर्तन भएर हिमपात सुरु भयो र जसमा परेर दुइ दर्जनभन्दा बढीको ज्यान गएको छ भने दर्जनौं वेपत्ताभएका छन् । अन्नपूर्ण सर्किटमा पर्ने थोराड. लासहाशिक पदयात्राको विश्वप्रशिद्ध गन्तब्य हो । मनाड. हुँदै थोराड. लापार गरेर मुस्ताड.तर्प झर्ने क्रममा अप्रत्याशित रुपमा सुरु भएको हिमपातमा परेर धेरैको ज्यान गएको छ । मुस्ताड. र मनाड.का सीमामा पर्ने दम्प क्याम्प क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यहाँवाट उद्धार टोलीले १६ भन्दा बढी नेपाली र बिदेशीको शव प्राप्त गरिसकेको छ । पाँचफिट भन्दा बढी हिमपातभएका कारण उद्धार र खोजीमा समेत कठीनाई उत्पन्न भएको छ । सेना, सशस्त्र र पुलिशको टोली हेलिकोप्टर र पैदलगएर खोजीकार्यमा जुटेका छन् । केहीको उद्धार समेत गरिएको छ ।

यो घटना नेपालकालागिनिकै अप्रत्याशितहो । यद्यपि भारतमा समुद्री आँधीआउँदा त्यसको असर नेपालमा पर्ने कुनै नौलो घटना होइन । नेपालको हावापानी तथा जलवायु महाशाखाले हुडहुडको कारण नेपालमा झरी पर्ने भनेर नभनेको होइन तर हिमाली क्षेत्रमा यतिठूलो विपत्ति आउने सम्वन्धमा कुनै पूर्वानुमान हुन सकेन । पर्यटन ब्यबसायीहरुले यसलाई निकै अप्रत्याशित घटनाकारुपमा लिएका छन् । सामान्यतः यो सिजनमा पर्याप्त लजिष्टिक सामान पनि नलगिने पर्यटन ब्यबसायी बताउँछन् । यो घटनाले नेपालको उच्च हिमाली क्षेत्रको पदयात्राको जुन आकर्षण थियो त्यसमा बिकर्षण पैदा गर्नसक्छ । सरकारले यो घटनावाट पाठ सिकेर उच्च हिमाली क्षेत्रमा जानुअघि कम्तिमा सातदिनको मौशम भविष्यवाणि गर्न सक्ने प्रविधि भित्र्याउने खाँचो छ । गतवर्ष सगरमाथा क्षेत्रमा अप्रत्याशित आएको हिउँ पहिरोमा परी शेर्पाहरुको ज्यान गएपछि सगरमाथा आरोहण नै प्रभावित भएको थियो ।

सरकारले हिमाली क्षेत्रमा गएका पर्यटक र तिनका सहयोगीलाई जो जहाँ छ त्यहीं बस्न सल्लाहदिन सकेको भएयति ठूलो विपत्तिभोग्नुपर्ने थिएन । जलवायु परिवर्तनका कारणबाट पनि अप्रत्याशित रुपमा यस्ता घटना हुन्छन् र मानबीय काबु बाहिर हुन्छन् तर पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको सन्दर्भमासरकारले मौशम भविष्यवाणि गर्ने पूर्वाधार बिकासका लागि पर्याप्त लगानी गर्नुपर्ने खाँचो छ । यो अभूतपूर्व घटनावाट पाठ सिकेर हामीे अघि बढ्न सकेनौ भने सिंगो पर्यटनको भविष्य नै अन्धकार हुनसक्छ ।-समाधान दैनिक पोखराबाट