हिमपातमा वेपत्ताको खोजी कार्यजारी, २ सय २९ जना सम्पर्कमा, १५ पर्यटकको जिवितै उद्धार


सागर राज तिमिल्सिना

पोखरा/व्यापक हिमपातका कारण मुस्ताङ र मनाङमा हराई रहेकाहरुको बिहीवार विहानैदेखि खोजी थालिएको छ । हिमपातमा परेर हराइरहेका विदेशी पर्यटक तथा नेपाली पर्यटकहरु मध्ये २ सय २९ जना परिवार र सरकारी निकायको सम्र्पकमा आएका छन् ।

मनाङको हाइ क्याम्पमा अलपत्र परेका ४ नेपाली सहित २९ जना सम्पर्कमा आएका छन् भने थोराङ फेदीमा २० नेपाली सहित ६० जना सम्पर्कमा आएका छन् । त्यसै गरि तिलिचो आधार शिविरमा २५ नेपाली सहित १ सय ३० जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

मौसमी प्रतिकुलताका कारण उनीहरुको उद्धार कार्य हुन नसकेको नेपाली सेनाले जानकारी दिएको छ । अझै कत्ति व्यक्ति बेपत्ता छन् भन्ने बारेमा थाहा हुन सकेको छैन ।हराईरहेका मध्ये विहिवार विहान उद्धारका क्रममा थप ६ जनाको शव भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ठूलो हिमपात र निर्जन ठाउँका कारण धेरैजसो हिउमै पुरिएको आशंका छ ।

पाँच हजार मिटर उचाईको घटनास्थलमा सुरक्षाकर्मी पुगिसके पनि मुख्य घटना भएको ठाउँ थोराङ पासमा भने उद्धारका लागी सेना जान सकेको छ्रैन । दम्प क्याम्प देखि करिब १ घण्टाको पैदल दुरीमा एक जना इज्यार्रीली पर्यटका जिवितै उद्धार भएको छ । उनको उपचारका लागी काठमाडौ लगिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वावुराम भण्डारीले जानकारी दिए ।

व्यापक हिमपातमा फसेका १४ जनाको बिहीवार विहान सुरक्षाकर्मीको टोलीले मनाङको फु गाविसवाट जीवितै उद्वार गरेको छ । सदरमुकाम चामेदेखि करिव दुई दिनको पैदलयात्रामा पुगिने घटनास्थलबाट उद्वार गरिएकामा ५ नेपाली, ४ भारतीय, ३ क्यानेडियन, १ स्वीस र १ सिंगापुरका पर्यटक हुन् । उनीहरुलाई हेलिकप्टरवाट सकुशल उद्वार गरी थप उपचारका लागि काठमाडौं पठाएको मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने जानकारी दिएको छ । थोराङ पास गरि फर्केका पर्यटक गाइड मदन कुमार थापाले थोराङ पासमा करिब १ सय ५० पर्यटकहरु फसेको हुन सक्ने बताए