नेपाल ब्रिटेन डटकमको आठौं वार्षिकोत्सव भव्यरुपमा मनाइयो (फोटो फिचर)


लण्डन/
नेपाल ब्रिटेनडटकमले सात बर्ष पुरागरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार लण्डनको नर्थहोल्टमा एक विशेष समारोहको आयोजना गरियो।
नेपाल ब्रिटेनडटकम सन्चालक समितिका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा आयोजित समारोहमा बोल्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाल ब्रिटेनडटकमलाई आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र निर्भिक भइ समाजलाई रुपान्तरण गर्नको निम्ति अझै मेहनत गरेर अगाडि बढ्न शुभकामना दिनुभयो। उहाँले बेलायतमा बसेर पनि नेपाल र नेपालीको सेवामा खटिरहेका व्यक्तित्वहरुलाई सम्मानित गर्न प्रयासको प्रशंसा गर्दै सम्मानित व्यक्तित्वहरुलाई बधाइ पनि दिनुभयो।
नेपाल ब्रिटेनडटकमका निर्देशक कमल भण्डारीले सन् २००७ मा बेलायती भूमिमा स्थापना भएको अनलाइन न्यूज पोर्टल प्रवासका नेपालीलाई गैरआवासीय नेपालीको गतिविधि र सूचनाको पहुँच पु-याउने उद्देश्यले स्थापना भएको जनाउनु भयो। त्यस्तै नेपाल ब्रिटेन डटकमका निर्देशक विश्वआदर्श पण्डितले स्थापना कालदेखि विभिन्न वाधाव्यवधान व्यहोर्दै पाठकहरुको अपार माया र नेपाली समुदायको सहयोगले नेपाल ब्रिटेन डटकम यो स्थान सम्म आइपुगेको बताउनुभयो।

65079_10152806945519282_1153192230581492029_n
बेलायतका दश चर्चित व्यक्तित्व सम्मानित
लगातार तेश्रो पटक आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाल ब्रिटेन डटकमले प्रवासमा बसेर पनि नेपाल र नेपाली समाजमको हितमा योगदान पुराउने दशजना व्यक्तित्वहरुलाई मिडिया पर्सनालिटी अफ दि इएर २०१४ ले सम्मान गरेको थियो।
स वर्ष गोर्खा आन्दोलनका अगुवा ज्ञानराज राई, प्रा सूर्य सुवेदी, व्यवसायी काशिराम भण्डारी, उपमेयर डा जगन्नाथ शर्मा, योगकुमार फगामी, दयानिधि सापकोटा, कृष्ण तिमल्सिना, मञ्जु गुरुङ, मीनप्रसाद गुरुङ र जीवन गुरुङलाई प्रमुख अतिथि क्षेत्री तथा नेपालब्रिटेन डटकम सन्चालक समितिका पदाधिकारीहरुले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो।
उक्त अवसरमा बोल्दै सम्मानित व्यक्तित्व ज्ञानराज राईले ब्रिटिशहरुले गोर्खा भर्ती लिंदा नेपाली नेपाली बीच फुट पार्ने षडयन्त्र गरेको भएतापनि गोर्खालीको अभियानमा स्वदेश तथा विदेशमा बसेका सबै नेपालीले एकजुट भएर सहयोग गरेको बताउनुभयो। उहाँले यदि ब्रिटिश सरकारले गोर्खा आन्दोलनका न्यायाचित माग अझै पुरा नगरेमा गोर्खा सत्याग्रहको झण्डा मुनि १५ दिने अनसन मात्रै हैन, जीवन त्याग गर्न पनि आफु तयार रहेकेा बताउनुभयो।

10369693_10152806927354282_5041360653103005004_n
अर्का सम्मानित व्यक्तित्व नर्थ योर्कसायरस्थित कोलवर्न काउन्सिलका उपमेयर डा जगन्नाथ शर्माले प्रवासी नेपाली समुदायले ब्रिटेनको नियम, कानुन र प्रचलन अनुसार अगाडि बढनुकासाथै मातृभूमिप्रतिको जिम्मेवारी वहन गर्ने दोहोरो जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भयो। उहाँले ब्रिटेनको नीतिपनिर्माण र निर्णय गर्ने ठाउँमा पुगेर मात्र ब्रिटेनमा बस्ने नेपाली समुदायको हित सुरक्षित गर्न सकिन्छ भन्नुभयो।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ युकेका कार्यकारी अध्यक्ष महेन्द्र कँडेल, निवर्तमान अध्यक्ष कुल आचार्य, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष सूर्य गुरुङ, नेपाली जनसम्पर्क समिति युकेका शिव तिमल्सिना, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष रामशरण सिंखडा, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, पत्रकार भगीरथ योगी लगायतले नेपालब्रिटेनडटकमलाई विश्वसनीय र भरपर्खो समाचार माध्यमको रुपमा अगाडि बढ्न शुभकामना दिंदै सम्मानित व्यक्तित्वहरुलाई बधाइ दिनुभएको थियो।

10653667_10152806930554282_673961965999291099_n
कार्यक्रमको दोश्रो सत्रमा आयोजित पाठक मन्चमा अर्जुन गौतम, ऋषि खनाल, दधि आचार्य, राजकुमार थापा, बीबीसी नेपाली सेवाका वरिष्ठ पत्रकार सुमन खरेल लगायतले विभिन्न सुझावहरु दिनुभएको थियो। उक्त सत्रको संयोजन पत्रकार गोविन्द बेलवासेले गर्नुभएको थियो। सो अवसरमा नेपालब्रिटेनडटकमका नेपालस्थित नवनियुक्त सम्पादक कुमार राउत तथा नवनियुक्त सल्लाहकार किशोर सापकोटालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको सन्चालन नेपालब्रिटेनडटकमका प्रधान सम्पादक चिरन शर्माले गर्नुभएको थियो भने बेलायतस्थित युवा नेपाली पत्रकारहरुले भर्खरै सन्चालनमा ल्याएको रेडियो राइनोले उक्त समारोहको प्रत्यक्ष प्रसारण गरेको थियो। कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना पनि गरिएको थियो।

10299973_10152806936989282_6678401164257218753_n