चितवन समाज समाज स्पेनको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा प्रकाश तिमिल्सिना


बसन्त रानाभाट
बार्सिलोना
तस्बिर :- लक्ष्मण शर्मा

चितवन समाज स्पेनको तेस्रो अधिबेशनले प्रकाश तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बार्सिलोनामा सोमबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा राजु शमशेर थापा,सचिब अर्जुन आचार्य,सह-सचिब हेम प्रसाद पाण्डे र कोषाध्यक्षमा भोजराज सापकोटा चयन भएका छन्। यस्तै सदस्यहरुमा बसन्त नाथ रेग्मी,बालकृष्ण पौडेल,प्रकाश निउरे,उमेश अधिकारी ,जीवलाल खरेल र सुर्य सापकोटा रहेका छन्।
सन् २००९ मा स्पेनमा स्थापना भएको समाजले चितवन जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने मुख्य उदेश्य राख्दै आएको छ ।

10727148_850717344962427_1548679815_o

यसअघि समाजको सस्थापक कोषाध्यक्ष र उपाध्यक्षको रुपमा काम गरिसकेका नब नियुक्त अध्यक्ष तिमिल्सिनाले आफुलाई सर्ब सहमत रुपमा अध्यक्ष बनाई सामजिक कार्य गर्ने मौका दिने सबैमा धन्यबाद ब्यक्त गरेका छन्। नेपाली नेपाली डटकम सँग कुरा गर्दै उनले भने “समाजको बिधान नै चितवन जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने भएकोले मेरो प्रथामिकता पनि त्यही नै रहन्छ ,साथमा चितवन घर भई स्पेनमा बसोबास गर्ने र सम्पूर्ण स्पेनबासी नेपालीहरुलाई आपत बिपतको घडीमा हामीले सहयोग गर्ने छौ।” आफ्नो कार्यकालको लागि भाबि योजना बारे अनौपचारिक खाका बनाई सकेको र चाडै नै त्यसलाई प्रस्तुत गरिने उनले जानकारी दिए।

10736360_850717228295772_375019173_o
समाजको तेस्रो अधिबेशनको उद्घाटन गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनका अध्यक्ष एक राज गिरीले गरेका थिए। कार्यक्रममा नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिक राम डुम्रे,प्रबासी नेपाली मन्च स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,जन प्रगती शिल मन्च स्पेनका अर्जुन आचार्य,समाजका निबर्तमान उपाध्यक्ष बसन्त नाथ रेग्मी लगायतले बोलेका थिए। समाजका निर्बतमान अध्यक्ष बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महेश्वर कडेलले गरेका थिए।
यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले निबर्तमान अध्यक्ष बिनोद ढकाललाई समाजको सल्लाहकारमा नियुक्त गरेको छ। कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै समितिमा बाकि रहेका चार सदस्यहरुलाई पछि नियुक्त गर्ने निर्णय गरेको छ। समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै बसेको बैठकबाट शुभ-दिपावलीको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा शुभकामाना ब्यक्त गरेका छन्।

10677129_850716958295799_1165756441_o