नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ


परासी/ नवलपरासीको गैँडाकोटमा देह व्यापारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गैँडाकोट नगरपालिकाको वडा नं ९ थुम्सीमा आफ्नै घरमा केटीहरु राखेर देह व्यापार गराउँदै आएका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

देह व्यापारमा संलग्न १६/१७ वर्षका तीनजना केटीसहित गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

गुरुङले पहिलेदेखि नै देह व्यापार गराउँदै आएको स्वीकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देह व्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ ।

गुरुङले देह व्यापारबाट नै गैँडाकोट–९ थुम्सीमा घर बनाएको जनाइएको छ । देह व्यापारमा संलग्न उनीहरुलाई आवश्यक कारबाही अगाडि बढाइएको गैँडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । रासस