अझै उठेन नन्दप्रसादकाे शव,आर्यघाट पुर्‍याउने कोही भएनन्


काठमाडौं /गोरखा फुजेलका नन्दप्रसाद अधिकारी वीर अस्पतालमा करिब ११ महिना अनसन बसे । अनसनकै क्रममा असोज ६ गते साँझ उनको निधन भयो । तर, मृत्यु भएको २० दिन बतिसक्दा पनि अधिकारीको शव अहिलेसम्म शिक्षण अस्पताल महाराजगञ्जबाट आर्यघाटसम्म पुर्‍याउने कोही भेटिएका छैनन् । अधिकारीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने क्रममा ।
नन्दप्रसादको सदगति गर्नुपर्ने छोरा नूरप्रसाद अधिकारी पिताको निधनको खबर सुनेपछि मोबाइल स्वीच्ड अफ गरेर सम्पर्कविहीन बनेका छन् । पिताको निधन भएकै दिन ‘अब लास उठ्दैन’ भन्दै मिडियालाई प्रतिक्रिया दिएर नूरप्रसाद सम्पर्कविहीन बनेका हुन् ।
छोरो नै सम्पर्कविहीन भएपछि नन्दप्रसादको सदगति गर्ने र दागवत्ती दिने मानिस फेला परेका छैनन् । परिवारका सदस्यले शव बुझ्न नआउँदा शव कहिलेसम्म अस्पतालमै रहन्छ भन्ने टुंगो लाग्न सकेको छैन ।
मानव अधिकारकर्मीहरुले नन्दलाल जीवितै हँदादेखि अनसन तोडाउन छोरा नुरप्रसाद समक्ष पटक- पटक आग्रह गरेको थिए । तर, उनले आफ्ना बुबाआमा यत्तिकै मरुन् भन्दै अनसन तोडाउन नमानेको मानवअधिकारकर्मी बताउँछन् । नन्दलालको शव शिक्षण अस्पतालको शवगृहमा अलपत्र छ भने उनकी पत्नी वीर अस्पतालमा अचेत अवस्थामा छिन् ।
यसैवीच कांग्रेस नेता अर्जुननरसिंह केसीले तीन दिनअघि संसदको बैठकमा अधिकारीको सदगति हुन नसकेको एवं वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको स्वास्थ्यवस्था कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । केसीको चिन्ता पनि त्यक्तिकै हावामा विलीन भएको छ । -0nlinekhabar