पोखरामा निमार्ण भै रहेको बहुउद्धेश्य कभर्ड हलको २३ प्रतिशत काम सकियो


 

सागर राज तिमिल्सिना
पोखरा रंगशालामा निमार्ण भै रहेको बहुउद्धेश्य कभर्ड हलको करिब २३ प्रतिशत काम सम्पन्न भएको छ । नेपालकै सवै भन्दा ठुलो तथा धेरै दर्शक क्षमता भएको मल्टी परपोज बहुउद्धेश्य कभर्ड हल पोखरामा निमार्ण भै रहेको छ । कभर्ड हलको टाइपिङ्गको काम सकिएर पिल्ल उठाउने र दर्शक प्याराफिटको निमार्णको काम अगाडी बढि रहेको निमार्ण संलग्न साइड इन्जिनियर प्रर्निस ताम्राकारले जानकारी दिए ।
पोखरामा निमार्ण भै रहेको बहुउद्धेश्य कभर्ड हलको २३ प्रतिशत काम सकियो
उनले दक्षिण तर्फको प्याराफिट निमार्णको कामको अन्तिम चरणमा पुगेको बताउदै पिल्ला उठाउने र अन्य तिन तिरको प्याराफिटको निमार्णको काम अगाडी बढेको जानकारी दिए । नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगबाट पोखरा रंगशालामा फुटवल, क्रिकेटका खेल बाहेक ईण्डोरका सवै खेलहरु खेल्न मिल्ने २ हजार भन्दा बढि दर्शक क्षेमता भएको कभर्ड हल निमार्ण भैरहेको छ ।

क्षेत्रिय खेलकुद विकास समिति तथा पुर्वाधार निमार्ण तथा मर्मत शाखा कास्कीले निर्माणलाई अगाडी बढाएको हो । कभड हल ७७ दशमलव ४५० मिटर लम्वाइ र ४९ दशमलब २०० मिटर चौडाई अर्थात ३ हजार २ सय ७६ बर्ग मिटरमा उक्त कवर्डहल निमार्ण भैरहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । १४ करोड ३२ लाख ६२ हजार रुपैयामा लागतमा बन्न लागेको कभर्ड हलको निमार्णको जिम्मा डाँफे÷मुन्ना एण्ड आचार्य÷ प्रतिष्ठान जे.विले लिएको छ ।

१५ महिना भित्र योजना सकिने गरी निमार्ण कार्य जिम्मा लिएको कम्पनीले करिब ९ महिना सबै काम सम्पन्न हुने इन्जिनियर ताम्राकारले गन्थन डटकमलाई जानकारी दिए । पोखरा रंगशालामा ३० बर्ष पछि पहिलो पटक ठुलो रकमको लागतमा भौतिक संरचना निमार्ण भएको हो । करिब ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशाला भित्र विभिन्न खेललाई छुट्टछुटै खेल मैदान तोकिएको छ । खेल अनुसारको मैदान निमार्णका लागी कतिपय पहल भैरहेको छ भने कति पय निमार्ण भएका छन् ।