एनआरएन स्पेनको दशै तिहार बिशेष कार्यक्रम सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना-

बडा दशैको बिदाई सँगै स्पेन बासि नेपालीहरुले तिहारको झल्को पनि पाईसकेका छन्। गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनले आयोजना गरेको कार्यक्रममा कलाकारहरुले देउसी भैलो भट्टाउदा दर्शकहरु रमाएका हुन्। नेपाली कलाकार मन्च स्पेनले आफ्नो बिशेष प्रस्तुतिको रुपमा देउसी भैलो गित प्रस्तुत गरेको हो।

एनआरएनए स्पेनले हरेक बर्ष बडा दशै र तिहारलाई समेटेर आयोजना गर्दै आएको कार्यक्रम यस पालि एकातिर दशैको बिदाई थियो भने अर्को तर्फ गित संगीतले तिहारको स्वागत गरेको थियो।

10265661_964592580233882_951119403526395225_o

 

स्पेनमा रहेकी ७४ बर्षिय प्रेम कुमारी भुसालले टिका जमरा लगाई आशिर्बाद दिदै शुरु भएको सामुहिक टिका जमरा लगाउने कार्यक्रमले स्वदेशको झल्को आईरहेको भान हुन्थो। अर्को तर्फ बिनोद कटुवालले मुरलीको धुनलाई दशैको मंगल धुनमा परिणत गर्दा दशैले बिदाई गरिसकेको हो जस्तो लाग्दैनथ्यो। “बाटो हेरे हुन्छ है घरमा यस पालिको दशै र तिहारमा भन्दै” कलाकार अजय लोपचन र दिपा गुरुङ छमछम नाची दिदा, गीतले गाउघरमा नै पुर्याएको जस्तो लाग्दथ्यो।

10662069_964590730234067_3615231272623976566_o

 

सात जना बालबालिकाहरुले राष्ट्रिय गान  गाउदै कार्यक्रमको शुरुवात गरेका थिए। कार्यक्रममा कलाकारहरु,भुवन अछामी,पेम्बा छोटी गोले शेर्पा, तुलसी शिवाकोटी,निरिया अवाले,सोनिया खत्री, रबिन कडेल,किरण ढुंगाना,अस्मिता लामिछाने, करुणा लामिछाने लगायतले आफ्नो आफ्नो प्रस्तुतिहरु राख्दै कार्यक्रमलाई संगीतमय बनाए।

10575369_964590230234117_3372718698320499696_o

यसअघि शुरु भएको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कन्सुलर लुईस बिल्बिसले गरेका थिए। संघका अध्यक्ष एक राज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका सल्लाहकार पुष्प राज तिमिल्सिना,अन्तरास्ट्रिय समन्वय समितिका सदस्य दिपक खरेल लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बक्ताहरुले दशै तिहारको शुभकामना लगायत स्पेनमा भएका समसामयिक घटना क्रमको बारेमा टिप्पणी गरेका थिए।

1958299_357781407730768_1612131741092863495_n

प्राय: हुने गरेका औपचारिक कार्यक्रमहरु ढिलो शुरु हुने र मन्तब्य लामो राखिदिने हुदा सहभागीहरुले केहि खल्लो लागेको प्रतिक्रिया दिएका छन्। उता कलाकारहरुले पनि समय अभाबले आफ्नो सम्पूर्ण प्रस्तुति राख्न नपाएको र केहि राम्रा प्रस्तुतिहरु छुटेकोमा गुनासो ब्यक्त गरेका छन्। तर नेपाली सेल रोटि लगायत नेपाली स्वादको खाना अनि कार्यक्रमले चाडबाडमा सामुहिक जमघट गराई दिदा सहभागिहरु हौसिएका थिए।

10679804_964592983567175_6973977686300572270_o

10395827_357761884399387_4354467912162055464_n

 

 

10694382_964590946900712_672504244645311154_o

10406769_357762571065985_6381437970254804230_n

1655133_964592833567190_2606350186181997179_o

10511525_964594880233652_4969065915700876414_o

10658709_964584730234667_4408787720808195611_o

10679535_964590483567425_4715588144896037025_o

1072366_964591126900694_2362034180633159383_o

 

 

 

तस्बिर- भोला लामिछाने/लक्ष्मण शर्मा