पर्यटकलाई स्तरीय सुबिधा दिन, पोखरामा ग्लेसियर होटल सन्चालनमा आउने


सागर राज तिमिल्सिना
पोखरा, २० असोज/पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आक्रर्षण बढि रहेकाबेला पर्यटकलाई स्तरीय सुबिधा दिन होटलहरु सन्चालनमा आइरहेका छन् । मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा होटलमा लगानी गर्ने क्रम दिन दिनै बढेको छ । पछिल्लो समयमा ग्लेसियर होटल प्रालिले २० करोडको लगानीमा ३१ कोठाको सुविधा सम्पन्न होटल निर्माणको अन्तिम चरण पुगेको छ ।

अत्याधुनिक सुविधा सहित पोखरामा ग्लेसियर होलट सन्चालनमा आउने
होटल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको प्रालिका अध्यक्ष राजेन्द्रबहादुर ढकालले जानकारी दिए । होटल डिसेम्बर पहिलो साता देखि सन्चालनमा आउने बताउदै ढकालले होटलमा २४ वटा डिलक्स र ७ वटा एक्सकुल्युसिभ स्वीट रूम निमार्ण भएको बताए । होटलमा २ सय ५० जना क्षमतको रेष्टुरेण्ट तथा ६० जना क्षमताको सेमिनार हलको समेत हुनेछ ।

होटल सन्चालनको अन्तिम तयारीमा रहेको बताउदै ढकाले व्यवस्थापन हेर्नका लागी विदेशी व्यवस्थपानक समेत आइसकेको ढकालले बताए । सबै अन्तराष्टिय मापदण्ड पुरा गरेको बताउदै उनले अन्तराष्टिय मापदण्ड पुरा गर्ने पहिलो होटल समेत हुन दावी गरे ।

‘पूर्ण डिजिटल इलेक्ट्रोनिक डोर’रहने होटलमा पर्यटकको आकर्षणका लागि विभिन्न सजावटलाई विशेष ध्यान दिइने ढकालले बताए । होटलमा आधुनिक ‘स्पा’को सुविधासमेत रहनेछ । होटलमा पर्यटकका लागि १ सय २० देखि ३ सय डलरसम्मका कोठाको व्यवस्था गरिने ढकालले बताए । उनले नेपालीका लागी ५ हजार देखि १२ हजार सम्म पर्ने बताए ।

पर्यटकलाई आकर्षित गर्नका लागि प्रत्येक कोठामा विभिन्न तस्वीर तथा काठका कलात्मक संरचना तयार पारिनेछ । पर्यटकलाई होटलमा आकर्षित गर्न यूरोपको एसएलएच ९स्मल लक्जरी होटल० सगँ ब्राण्डिङ गर्ने अन्तिम तयारी भएको बताउदै ढकाल होटल सन्चालन हुना साथ ब्राण्डिङको लागी सम्झौता हुने बताए ।

होटलबाट फेवाताल, वरपरको हरियाली जङ्गल तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । ढकालले आन्तरिक तथा विदेशी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटलमा विभिन्न प्याकेजको व्यवस्था गरिने बताए ।

रेष्टुरेण्टमा नेपाली तथा मेडिटेरीयन खानालाई प्रथामीकता पाउने उनले बताए । होटल तथा रेष्टुरेण्ट सन्चालनमा आए पछि ६० जना भन्दा बढिले रोजगार पाउने छन् ।