गजल – म कसरी दशैँ मानौँ ?


-नबराज नबोदित

यता मुटु उता धड्कन म कसरी दशैँ मानौँ ? 
बन्धकीमा राखी जीवन म कसरी दशैँ मानौँ ?

एक साल दुई साल हैन बर्षौँ भयो घर नफर्केको
थामिदैन केही गरि मन म कसरी दशैँ मानौ ?

मलाई थाछ यसपाली नि बाबाआमा पियारीले
रुँदै मेरो बाटो हेर्छन म कसरी दशैँ मानौँ ?

यस्तो लाग्छ जिन्दगी यो आफ्नो भन्नू बेकार रैछ
सधैँ साहुको चल्छ खटन म कसरी दशैँ मानौँ ?

तिमी आँफै भन साथी हृदयको कुनाभित्र
सल्केपछी आगो दनदन म कसरी दशैँ मानौँ ?