दशैमा शहर शुन्य गाउँ भरिभराउ


सागर राज तिमिल्सिना

पोखरा, १६ असोज/दशैले सबैलाई छोइसकेको छ । दशै मनाउन शहरबाट गाउँ गाउँ धेरै पुगी सकेका छन् । भनिन्छ काम र दामका लागी देश विदेश जहाभए पनि दशै गाउँ मै रमाइलो । त्यही भएर होला अहिले शहर शुन्य गाउँ भरिभरा छ ।

फुलपाती सम्म त शहरमा केहिमात्रामा किनमेलका लागी आउने जानेहरुको ठुलो भिड भए पनि अष्टमीबाट भने शहरमा शुन्य गाउँ भरि भराउ भएका छन् । गाउँमा केटाकेटीहरु पिङमा झुमेका छन् भने ठुला मानिसहरु साथीहरु सगँ भेटघाटमा भुलेका छन् । दशै स्वदेशमा भएकाहरु मात्रै हैन विदेशमा भएकाहरु पनि धेरै घर फर्किने गरेका छन् । शुन्य भएको शहर दशैको टिका पछाडी विस्तारै विस्तारै मानिसहरुको आगमनले बढ्दै जान्छ ।