आज बडादशैंको आठौँ दिन ,देशभर महाअष्ठमी पर्व मनाइँदै


पोखरा, १६ असोज/आज बडादशैंको आठौँ दिन अर्थात महाअष्ठमी पर्व । नेपालीहरूको घरघर, शक्तिपीठ र देवी मन्दिरहरुमा हर्षोल्लासपूर्वक नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदैछ ।
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली० को विशेष पूजा(आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली ९करोडौं योनी(शक्ति०का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ ।

पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन विशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मंगलबार मध्यरातमा बलिसहित कालरात्रिको पूजा गर्ने चलन छ । यी दिनहरूमा मानिसहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ ।

महाष्टमी पर्वको अवसरमा बिहानैदेखि देशभरि शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, ईन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखीलगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्ने श्रद्धालुहरुको बिहानैदेखि घुईंचो लागेको छ ।

त्यसै गरी कास्कीको कास्कीकोट मन्दिरमा विषेश पुजा हुने गरेको छ । पोखराको विन्द्यबासीनि, तालबाराही, भद्रकाली, अकला मन्दिर लगाएतका देवी मन्दिमा पुजा तथा बली दिने चलान छ।