एउटा खाडल खन्न बाँकी छ – मनु क्षेत्री


– मनु क्षेत्री

आधा आधी बेचीं सके केहि मात्र धन्न बाँकी छ,
आधा आधी बेचीं सके केहि मात्र धन्न बाँकी छ
देश द्रोही र भ्रष्ट्रहरुलाई म जिउदै पुरी दिन्छु
अब एउटा खाडल खन्न बाँकी छ

न आँफु हिड्छन न अरुलाई जान दिन्छन्,
बाटो खाली गरिदेउ भन्न बाँकी छ
देश द्रोही र भ्रष्ट्रहरुलाई म जिउदै पुरी दिन्छु
अब एउटा खाडल खन्न बाँकी छ

उठे यिनै बसे यिनै यिनकै नाम जाता ततै
हाजिरी बाटै यिनको नाम मेटाइदेउ भन्न बाँकी छ
देश द्रोही र भ्रष्ट्रहरुलाई म जिउदै पुरी दिन्छु
अब एउटा खाडल खन्न बाँकी छ

देशलाई बन्धक बनाई राख्ने हरु,
यो देश तिम्रै बाउको बिर्ता होइन भन्न बाँकी छ,
देश द्रोही र भ्रष्ट्रहरुलाई म जिउदै पुरी दिन्छु!
अब एउटा खडाल खन्न बाँकी छ,
अब एउटा खाडल खन्न बाँकी छ

तपाईको प्रतिक्रिया