लेखनाथको महायज्ञमा ११ लाख ६६ हजार संकलन


 

लेखनाथ, १४ असोज।

कास्कीको लेखनाथमा आयोजना गरिएकोे श्रीमद्भागवत् ज्ञान महायज्ञमा सोमबारसम्ममा ११ लाख ६६ हजार रुपैया संकलन भएको छ। महायज्ञमा सोमबारमात्र तीन लाख ६६ हजार रुपैया संकलन भएको अर्थ संकलन उपसमितिका संयोजक डम्बरबहादुर थापाले जानकारी दिए।

लेखनाथ – ५ विजयपुरस्थित निर्माणाधिन दुर्गा मन्दिर तथा सामुदायिक भवनमा विहीबारदेखि शुरु भएको महायज्ञ असोज १६ गतेसम्म चल्ने मुल आयोजक समितिका संयोजक राजेन्द्रकुमार रानाभाट बताए। महायज्ञमा दान गर्ने क्रम जारी रहेको छ।

सोमबार अन्य दिनको तुलनामा भक्तजन र दानवीरको सहभागिता बढेको छ। भत्तजन र दानवीरको सहभागिता बढ्दै जादाँ उत्साहित छौ प्रचार संयोजक मोती गिरीले भने – अझै सहभागिताको आशा गरिरहेका छौ। महायज्ञमा सोमबार लेखनाथ – ५ का चिनबहादुर थापाले २५ हजार पाँच सय ५५, प्रेमशंकर÷तीर्थकुमारी बरुवालले २५ हजार एक सय २५, लेखनाथ महिला समुह र चिसापानी टोल विकास संस्थाले संयुक्त रुपमा २५ हजार ५१ रुपैया प्रदान गरेका छन्।

महायज्ञबाट ५१ लाख रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। विजयादशमीको अवसरमा राष्ट्रिय परोपकार महासङ्घ नेपाल लेखनाथ वडा इकाई समिति – ५ को अग्रसरतामा गरिएको महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गरिरहेका छन्। निर्माणाधिन दुर्गा मन्दिर एवं सामुदायिक भवनको अधुरो काम पुरा गर्नका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको हो।