पद्म नर्सिङ होमका कर्मचारीहरुद्धारा विरामीलाई फलफुल वितरण


,पाेखरा,१२ असोज,।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमले शनिवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसर पारी युनियनले शुभकामना आदान प्रदान संगै पद्म नर्सिङ होममा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेको हो ।
शुभकामना कार्यक्रममा वोल्दै पद्म नर्सिङ होमका सहायक प्रबन्धक नरेन्द्र बास्तोलाले नेपालीहरुको महान पर्व वडा दशैले सम्पूर्ण नेपालीमा सुख शान्ति छाओस भन्ने कामना गर्नुभयो । युनियनले गरेका कामको प्रशंसा गर्दै बास्तोलाले कर्मचारीहरुवीच एक आपसमा भाइचारा वढाउदै एकताबद्ध भएर सस्थाको हितमा लाग्न पनि आग्रह गर्नुभयो ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम इकाई कमिटीका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पद्म नर्सिङ होमकी मेट्रोन रजनी पालिखे, युनियनका उपाध्यक्ष कालिदाश शर्मा, कोषाध्यक्ष नरेश पौडेल, स्वास्थ्यकर्मी संघ जिल्ला कमिटी कास्कीका कोषाध्यक्ष तथा युनियनका सल्लाहकार उमाकान्त रिजाल, लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियोभने कार्यक्रमको सञ्चालन युनियनका सचिव कृष्णराज आचार्यले गर्नुभएको थियो । यसैविच कर्मचारी युनियनमा आवद्ध सदस्यहरुले पद्म नर्सिङ परिसरमा सरसफाइ समेत गरेका थिए ।