सङ्क्रमणकाल अन्त्य गर्नका लागि मिडियाले सक्रिय भूमिका खेल्नुपर्छ- उपप्रधानमन्त्री


काठमाडौँ – उपप्रधानमन्त्री तथा सङ्घिय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सञ्चार माध्यमले देशको सङ्क्रमणकाल अन्त्य गर्नका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम ‘सहयात्रा’को ५० औँ भागको कार्यक्रममा भाग लिँदै उपप्रधानमन्त्री सिंहले सञ्चार माध्यमले देशको तीब्र विकासका लागि सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बजेट समयमै पारित गर्न सरकार प्रयत्नसिल रहेको बताउदै त्यसका लागि संसद्को अवरोध हटाउन विपक्षीदलसँग वार्ता जारी रहेको उल्लेख गर्नु भयो ।

वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले राजनीतिक भन्दा पृथक धारमा कार्यक्रम सञ्चालन गरेको छोटो समयमै लोकप्रिय हुनु खुशीको विषय भएको बताउनुभयो ।

सहयात्रा कार्यक्रमकी सञ्चालिका चन्द्रा घिमिरेले सामाजिक, साँस्कृतिक, पर्यटन, जलस्रोतको विकासमा केन्द्रित रहेर आफूहरुले कार्यक्रम उत्पादन गर्दै आएको र देशको आर्थिक विकासका लागि योगदान पु¥याउने लक्ष्य रहेको बताउनुभयो । रासस