बडादसैँको शुभकामना आदानप्रदान


काठमाडौँ, ११ असोज । नेपाली काँग्रेस कीर्तिपुर नगर समितिले बडादसैँ २०७१ का अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशीले यस वर्षको बडादसँैंबाट देशमा विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्दै समृद्धिको मार्गमा लैजान प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

नेपाली काँग्रेस काठमाडाँ क्षेत्र नं १० का सभापति राजकुमार नकर्मीले बडादसैँले देशलाई राजनीतिक स्थायित्व तथा दिगो विकासमा लैजानका लागि सबैलाई सत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डङ्गोलले सकारात्मक सोचका साथ निर्धारित समयमा नै संविधान लेख्ने काम सम्पन्न गरी विगतका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० का सहसचिव राजेन महर्जनले नेपाली जनताले दिएको जनादेशलाई आत्मसात् गर्दै निर्धारित मितिमा नै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।