पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थित सुधारोन्मुख


 

काठमाडौँ, ५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख अवस्थामा रहेको उहाँका उपचारका संलग्न चिकित्सकहरुले जानकारी दिनुभएको छ ।

आफ्नै निवासमा रहँदा एक्कासि चिटचिट पसिना आई असजिलो महसुस भएपछि पूर्वराजा शाहलाई तत्काल शनिबार राति ९:४५ बजे नर्भिक अस्पतालमा ल्याई मुटुको एञ्जियोग्राफी र प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ (मुटुमा जाने रगतको नशा खुलाउने प्रक्रिया) गरिएको थियो । हाल उहाँको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको उहाँको उपचारमा संलग्न डा. भरत रावतले भन्नुभयो ।

उहाँको उपचारमा मुटुरोग विशेषज्ञद्वय रावत र डा. यादव भट्ट संलग्न हुनुहुन्छ । उहाँलाई हाल क्रोरोनरी केयर युनिट (सिसियु)मा राखिएको अस्पतालले जनाएको छ ।

पूर्वराजाको स्वास्थ्य स्थितिबारे जानकारी लिन अहिले अस्पताल परिसरमा उहाँका शुभचिन्तकहरु जम्मा भएका छन् । रासस