पत्रकार महासंघका केन्द्रीय महासचिब उजिर मगर बार्सिलोना आउदै ,अन्तरक्रिया कार्यक्रमको आयोजना


बसन्त रानाभाट

बार्सिलोना

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब उजिर मगर स्पेनको बार्सिलोना आउने भएका छन । स्पेनमा रहेका मिडियाकर्मीहरुको आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा भाग लिन मगर बार्सिलोना आउन लागेका हुन्।

“स्पेनमा रहेको नेपाली समुदायको हितमा, मिडीयाको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सेक्टेम्बर १६ तारिक मंगलबार आयोजना गर्न लागिएको मिडियाकर्मीहरुले बताएका छन् । अन्तरक्रिया कार्यक्रममा गैरआबासीय नेपाली संघ स्पेन, बिभिन्न संघ सस्था,संगठन लगायत नेपाली समुदायको उपस्थिति रहने अपेक्षा गरिएको छ।

स्पेनबाट पत्रकारिता गर्दा भएका कठीनाई तथा सामिजिक हितमा पत्राकारहरु कसरी लाग्न सक्छन् यावत बिषयमा जानकारी दिन र अन्तरक्रिया गर्न, पत्रकार महासंघ युरोपको दोस्रो अधिवेशन सकेर महासचिब मगर बार्सिलोना आउन लागेको अधिबेशनमा सहभागी स्पेनखबर डटकमका प्रधान- सम्पादक दीपक क्षेत्रीले जानकारी दिए ।

करिब दुई घण्टा सम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रतत्क्षप्रसारण रेडियो स्पेननेपालले गर्ने भएको छ । स्पेनमा संचालित मिडियाहरु स्पेनखबर डटकम, नेपालीनेपाली डटकम,नेपाली वेभ र रेडियो स्पेननेपालमा कार्यरत पत्राकारहरुको सामुहिक प्रयासमा महासंघका केन्द्रिय प्रतिनिधिको उपस्थितिमा पहिलो पटक अन्तरक्रिया हुन लागेको हो।

कार्यक्रम बारे थप जानकारी

कार्यकम हुने मिति – अगस्ट १६ तारिख, मंगलबार

समय – दिउसो ४ बजे बाट

स्थान – हिमाली रेस्टुरेन्ट एण्ड बार

calle Mila i Fontanals 60-68