सुशासनका लागि नागरिक समाज कास्कीको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पूनः पौडेल चयन


पोखरा, भदौ २९ गते ।

टी.आई नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीको तेस्रो अधिवेशन शनिवार नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । अधिवेशनले पूण्य पौडेललाई पूनःअध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समितिका उपाध्यक्षमा सुन्दर गुरुङ्ग, सचिव दीपेन्द्र श्रेष्ठ, सहसचिव तारा शर्मा र कोषाध्यक्ष वुद्धि मल्ल पनि सर्वसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा प्रा.डा वेदनाथ शर्मा, ईं.लेखवहादुर गुरुङ्ग, कृष्णप्रसाद वराल र सरस्वती अधिकारी चयन हुनुभएको छ ।

नयाँ कार्य समितिलाई टी.आई नेपालका पूर्वउपाध्क्ष आनन्दराज मुल्मी र पूर्वअध्यक्ष सुरेन्द्र थापामगरले शुभकामना दिनुभयो । सुनास कास्कीले सुशासन कायम गर्न र सुधारका काम गरेकोमा सभूसंरक्षण कार्यालय कास्कीलाई सम्मान गरेको छ । कार्यलय प्रमुख उद्धव घिमिरेलाई सम्मानपत्र ले सम्मान गरिएको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पूनरावेदन अदालत पोखराका न्यायाधीस डिल्लीराज आचार्यले सुशासन कायम गर्न र भ्रष्टचार न्यूनिकरणका लागि नागरिक समाजको प्रयास सकरात्मक रहेको वताउनुभयो ।

कार्यक्रममा टी.आई नेपालका पूर्वउपाध्क्ष आनन्दराज मुल्मी, कास्कीका स्थानिय विकास अधिकारी तारानाथ अधिकारी, पूनरावेदन पोखरा वार ईकाईका अध्यक्ष खगेन्द्र आचार्य, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, छनौट समितीका संयोजक कृष्ण वराल, सम्मानीत कार्यालय प्रमुख उद्धव घिमिरे, सरला पाण्डे, उपाध्यक्ष श्याम कुँवर लगायतले वोल्नुभएको थियो ।

अधिवेशनले कार्यवाहक सचिव तारा शर्मा र कोषाध्क्ष दुर्गा न्यौपानेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।