म्याग्दीकी उषाले चुमिन् मिस मगर नेपाल–२०१४ को ताज


रूद्र श्रीसमगर
पोखरा, २९ भदौ

अन्ततः आफ्ना ३० प्रतियोगी साथीहरूलाई पछि पार्दै म्याग्दीकी उषा पाइजामगरले पहिलोपटक आयोजना गरिएको राष्ट्रियस्तरको ‘सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल–२०१४’ को ताज पहिरिन सफल हुनुभएको छ । ‘मगर जाति पछाडि पर्नुका कारणहरू के के हुन् र मगर जातिको उत्थानका लागि तपाई के गर्नुहुन्छ ?’ भन्ने निर्णायकको प्रश्नको सही जवाफ दिँदै उषा प्रथम मिस मगर नेपाल बन्न सफल हुनुभएको हो ।
मिस मगर नेपालको १२ तोलाको चाँदीको ताजसँगै उषाले प्रतियोगिताको मुख्य प्रायोजक रवि अटोमोवाइल्सद्वारा प्रायोजित पियाजिओ स्कुटर प्राप्त गर्नुभयो ।
नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा शनिबार पोखरा सभागृहमा सम्पन्न ग्राण्ड फिनालेबाट काठमाडौंकी सिर्जना रानामगर फस्ट रनर अप, बागलुङकी सरला थापामगर सेकेण्ड रनर अप र डडेल्धुराकी सिर्जना सलामीमगर थर्ड रनर अप बन्न सफल हुनुभयो । फस्ट रनर अप सिर्जनाले ल्यापटप र सेकेण्ड रनर अप सरलाले मोबाइलसँगै अन्य गिफ्ट Þयाम्पर प्राप्त गर्नुभयो ।
त्यस्तै, सबटाइटल बिजेतातर्फ मोस्ट ट्यालेन्टेड बागलुङकी सोमिया कालामगर, भ्यूअर्स च्वाइस तनहुँकी खुशीमाया थापामगर, वेस्ट ट्रेनी नवलपरासीकी विनिता पुनमगर, मोस्ट इन्फ्लुएन्स इन मगर ल्याङ्ग्वेज तनहुँकी कुसुम थापामगर, मोस्ट कन्फिडेन्स सुनसरीकी सिर्जना बुर्जामगर, वेष्ट फोटो जेनिक कैलालीकी एलिसा सोतीमगर, मोस्ट ब्यूटिफुल इन मगर ड्रेस म्याग्दीकी करुणा गर्बुजामगर, मोस्ट पपुलर धादिङकी इशाखा थापामगर, मोस्ट डिसिप्लिन नवलपरासीकी यामकला पुनमगर, मोस्ट चार्मिङ मकवानपुरकी लक्ष्मी थापामगर, वेष्ट पर्सनालिटी बागलुङकी सुरक्षा थापामगर, मोस्ट फ्रेन्डली मकवानपुरकी कविता थापामगर, वेस्ट वाक सुनसरीकी सरुपा थापामगर, वेस्ट हेयर तुलसा रानामगर, वेस्ट स्माइल मालती रानामगर, मोस्ट पङ्चुअल विनिता रानामगर, वेस्ट डान्स सरुपा थापामगर, वेस्ट स्पिच दीपा नाम्जालीमगर, मोस्ट भर्सटाइल सरिष्मा राम्जालीमगर, मोस्ट टिपिकल निशा थापामगर, मोस्ट इनर्जेटिक मनिषा थापामगर, वेष्ट परफर्मेन्स उषा पाइजामगर, मोस्ट सपोर्टेड सुष्मा थापामगर, वेस्ट स्किन दीपा शेरबुजामगर, मोस्ट इनोसेन्ट विना थापामगर, मोस्ट कम्प्लेक्सन मनिषा थापामगर, मोस्ट स्टाइलिस्ट दक्षा थापामगर, वेस्ट फिगर कोपिला थापामगर रहनुभएको छ ।
यसअघि, सो प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले समयभित्रै पहिचानसहितको संविधान जारी हुने दाबी गर्नुभयो । मिस मगर नेपाल–२०१४ को आयोजना नयाँ कार्यको थालनी भएको भन्दै मगर भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि यस्ता खालका सौन्दर्य प्रतियोगिता पनि राम्रा माध्यम हुन सक्ने उदाहरण बन्नुपर्नेमा जोड दिनुभयो ।
‘सुरुमा साथीहरूले मलाई भन्दा महिलालाई विज्ञापनको साधन बनाउने अभियान पो हो कि ? भन्ने लागेको थियो’, घर्तीमगरले भन्नुभयो, ‘तर, मलाई आयोजकले सबै कुरा भनेपछि म यहाँ आउन राजी भएँ ।’ नेपालमा कुनै एउटा अमूक जातिको मात्रै पहिचान हुन नसक्ने भन्दै उहाँले सबै जाति, वर्ग र समुदायले आफ्नो पहिचानसहित बाँच्न पाउनुपर्ने उल्लेख गर्नुभयो ।
पहिचान खोज्ने जनसमुदायले आफ्नो संविधान आफ्नै हातले लेख्न चाहेको भन्दै घर्तीमगरले पहिचानसहितको अभियान सफल बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।