स्तुपा जोगाउन वैदाम तामाङ समाजको सहयोग


पोखरा २८ भदौ-

केहि हप्ताअघि कास्कीको पुम्दीभुम्दी गाविसको अनदुडा“डामा रहको विश्व शान्ति स्तुपमा गएको पहिरोका कारण सो स्तुपा जोखिमपूर्ण स्थितिमा पुगेकोले वैदाम तामाङ समाजले ५५ हजार पाँच सय ५५ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
विश्व शान्ति स्तुपको संरक्षण र मर्मतका लागि आवश्यक रकम संकलन भईरहेको समयमा लेकसाईडस्थित वैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङले सो रकमको चेक बुद्ध जयन्ती समारोह समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र लालचनलाई शुक्रबार प्रदान गरेका हुन्। वैदाम तामाङ्ग समाजका अध्यक्ष एवं पर्यटन व्यवसायी ज्याक तामाङ्गले विश्व शान्ति स्तुपाको धार्मिक र सांस्कृतिक महत्व त छदै छ पर्यटकिय दृष्टिकोणमा पनि विश्व शान्ति स्तुप महत्व पूर्ण स्थानमा रहेको वताएका थिए ।

पोखराको अर्थतन्त्रमा पर्यटकीय क्षेत्रको महत्वपूर्ण भुमिका रहेको हुनाले यसरी पर्यटकका लागि मुख्य आकर्षण र हाम्रो संस्कृतिको प्रतिविम्ब सो स्तुपा धरासही अवस्थामा पुग्नु निकै खतरनाक रहको भन्दै उनले स्तुपा मर्मत र संरक्षणको लागि सबैको ध्यानार्कषण होस भनि अनुरोध गर्नु भएको छ ।
सो अवसरमा राजेन्द्र लालचन, समाजका उपाध्यक्ष संजय लामा, शंकर गुरुङलगाएतले स्तुपाको संरक्षणमा सबैले योगदान गर्नुपर्ने वताए।