नेवि संघ कास्कीको १५ औ जिल्ला अधिवेशन


पोखरा, २७ भदौ
नेपाल विद्यार्थी संघको १५ औ जिल्ला अधिवेशन बिहिबार देखि पोखरामा शुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्माले अधिवेशनले नेवि संघलाई एक ढिक्का बनाएर लैजानेमा आफू विश्वस्त भएको बताए ।
वन्द सत्र तथा निर्वाचन पक्रिया बिहिबार नै हुने भनिएतापनि विशेष कारण वस अधिवेशनको वन्द सत्र र निर्वाचन पक्रिया शुक्रबार विहान ११ वजे मात्रै शुरु गरिने आयोजक समितिका संयोजक कोइरालाले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेल, नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण केसी, सहसचिव तथा विद्यार्थी विभाग प्रमुख मुकुन्द ज्वाला बाँस्तोला, नेवि संघका केन्द्रिय सदस्य प्रकाश महर्जन, केन्द्रिय सदस्य गोविन्द लामिछाने, नेवि संघ कास्कीका निवर्तमान सभापतिद्धय कल्याणवावु भण्डारी, देवकृष्ण पराजुली, पूर्व सभापति लक्ष्मी पौडेल, पूर्व केन्द्रिय सदस्य सुदिपमोहन भट्टराई, तरुण दल लेखनाथका सभापति सुरजजंग राणा, स्ववियू वन विज्ञान अध्ययन संस्थानका पूर्व सभापति अशोक शाहा, वन विज्ञान अध्ययन संस्थान ईकाई सभापति निर्मलाकुमारी फुलाराले बोलेका थिए ।
नेपाल विद्यार्थी संघ अधिवेशन आयोजक समितिका संयोजक शुभाष कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्षेत्र नं.२ का सभपाति गोविन्द नेपालीले स्वागत र अधिवेशन आयोजक समितिका सचिव ताराप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।