स्याङजाको आंधीखोलामा साहसिक जलयात्रा ¥याफ्टिङको सफल परिक्षण


पोखरा, २७  भदौ-

पर्यटकिय हिसावले स्याङजा जिल्लालाई महत्वपूर्ण जिल्ला मानिन्छ । यहांका विभिन्न ऐतिहासिक महत्वका पर्यटकिय गन्तब्यहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछन ।एतिहांसिक क्षेत्र संगै स्याङजाको आंधी खोलामा जलयात्राको माध्यमबाट पर्यटकहरुलाई मनोरञ्जन दिने उद्देश्यका साथ हालै साहसिक रुपमा मानिने जलयात्रा ¥याफ्टिङको सफल परिक्षण समेत सम्पन्न भएको छ । जिल्ला पर्यटन विकास समिती स्याङजाको अगुवाइमा मङगलवार पुतलिवजार नगरपालिका पुतलिखेत देखि वालिङ नगरपालिकाको मालेवगर सम्मको २० किलो मिटर दुरिमा साहसिक जलयात्रा ¥याफ्टिङको परिक्षण गरिएको हो ।

स्याङजा जिल्लामा ग्रामीण पर्यटकिय स्थल , कृषि पर्यटकिय स्थल , एतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटकिय स्थल मार्फत आन्तरित तथा वाह्य पर्यटक फस्टाउदै गइरहेकोे अवस्थामा जिल्ला पर्यटन विकाश समितिले आधिखोला जलयात्रा तथा ¥याफ्टिङ पर्यटन विकासको अध्ययन तथा सम्भावना खोज्दै ¥याफ्टिङको परिक्षण गरिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले वताउनुभयो ।

आँधिखोलाको धेरै विशेषता हुदा हुदै पनि जलयात्राको माध्यम ¥याफ्टिङले आधिखोलाको सौन्दर्यता र पर्यटन आगमनलाई वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने उहांको धारणा रहेको छ । श्रेष्ठले आँधिखोलामा ¥याफ्टिङ सन्चालनका लागी जिल्ला पर्यटन विकास समिति सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत गर्नुभएको छ । त्यस्तै स्याङजा जिल्ला उधोग वाण्ािँज्य संघका प्रथम उपाध्यक्ष मोति प्रसाद पौडेलले जिल्लाका उद्योगी ब्यवशायीहरु आंधीखोलामा ¥याफ्टिङ सञ्चालनका लागी एकबद्ध भएर लाग्ने वताउनुभयो ।

जिल्ला विकास समिति स्याङजाका सामाजिक विकास अधिकृत थानापति न्यौपानेले कालीगण्डकी संगै आंधीखोलामा पनि ¥याफ्टिङको सुरुवात भएकोमा स्याङजावासीले थप पर्यटकीय गन्तब्य निर्माण गर्न सफल भएको बताउनुभयो । स्याङजाको पुतलिवजार नगरपालिका वाड्खोला भन्दा केही तल पुतलीखेत देखि वालिङ नगरपालिका मालेवगर सम्मको आधिखोला ¥याफ्टिङमा आन्तरिक तथा वाह्य पर्यटकले आँधिखोलाको सुसाउदो वहाव , किनार वरिवरीका हरियाली खेतिवालीका फाँट , मनोरम दृश्य , ठाउ ठाउमा पौडी खेल्न मिल्ने दह , आधिखोलाको स्वादिस्ट माछाको स्वाद पनि चाख्न सक्नेछन् ।

पुतलिखेत देखि सुरु हुने जलयात्रामा स्याङजा वजार हुदै राङखोला , लाम्पाता , हेलु , वयरघारी, राङखोला , मिर्दी हुदै वालिङ् खेल मैदान सम्म झण्डै २ घण्टामा ¥याफ्टिङ गर्न सकिनेछ । भाद्र, असोज र कात्तिक महिनामा अन्य क्षेत्रमा ¥याफ्टिङ सन्चालन नहुने हुदा सो अवधिमा आधिखोलामा ¥याफ्टिङ सन्चालन गर्दा पर्यटन आगमनमा बृद्धि ¥याफ्टिङ गाइड जय आले बताउनुहुन्छ । जिल्ला पर्यटन विकास समितिले केही महिना भित्रै ¥याफ्टिङ सन्चालन गर्ने जनाएको छ ।

तस्विर ः विनोद रखाइली मगर