देशब्यापी आन्दोलनमा


पोखरा, २६ भदौ
नेकपा—माओबादी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बिद्यार्थीको शुल्क वृद्धिको माग गर्दै देशब्यापी आन्दोलनमा उत्रेको छ ।
५ सुत्रीय माग सहित आन्दोलनमा लागेको उसले फिर्ता नभएर असो ३ देखि ५ सम्म नीजि शिक्षण संस्थाहरुमा शैक्षिक हड्ताल गर्ने बताएको छ ।
२०७१ जेठ ७ गते भएको शुल्क समायोजनाको सहमति तत्काल अक्षरस कार्यान्वयन गर्नुपने, उच्च मावि अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरेका बिद्यार्थीहरुबाट लिइएको शुल्क विना शर्त फिर्ता गर्दै छात्रवृत्ति वितरणलाइ पारदर्शी गर्नुपर्ने लगायतका माग उसले राखेको छ । क्रान्तिकारीले भदौ १८ गतेदेखि आन्दोलन थालेको हो ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर आफ्ना माग बारे जानकारी गराउँदै उसले पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । भदौ ३१, असोज १ र २ गते सबै आन्दोलन केन्द्रित शिक्षण संस्थाहरुको लेखा शाखा र प्रशासनमा तालाबन्दि गर्ने, भदौ २९ गते सबै विश्वबिद्यालय कमिटि र राज्य राज्य कमिटिहरुको सरोकारवालाहरुसंग संयुक्त अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष सरद रसाइलीले असोज ५ सम्म मागहरु पुरा नभएर दशैं लगत्तै फेरी आन्दोलन शुरु गरिने बताए । उनले विद्यार्थीको शुल्क २० प्रतिशत वृद्धि भएको र त्यो फिर्ता र अहिलेसम्मको शुल्क अभिभाबकलाई फिर्ता नगरेसम्म आन्दोलन चर्काउने चेतावनी दिए । ‘
संगठनका नेता दिपेन्द्र चौहनले नीजि शिÔण संस्था विरुद्ध आफुहरुले आन्दोलनको घोÈणा गरेको बताए ।
सिटिइभिटि अन्र्तगत नसिर्ङ लगायतका सवै कार्यक्रमहरुमा भएको चर्को शुल्क फिर्ता र बैज्ञानिक मापदण्ड तोकिनुपर्ने, पोखरा, पूर्वाञ्चल, त्रिभुवन विश्वविद्यायका अन्र्तगतका ईन्जिनियरिङ लगायका क्याम्पसको शुल्क वृद्धि खारेज गर्नुपर्ने लगयतका माग राखेर आन्दोलन सुरु गरिएको चौहानले बताए ।