पोखरा विश्वविद्यालयमा भ्रष्टचार छ – अख्तियार


सागर राज तिमिल्सना
पोखरा, २६  भाद्र-

पोखरामा विश्व विद्यालयमा आर्थिक अनियमितताको उजुरी पछि अख्तियारको प्रारम्भीक अनुसन्धानले भ्रष्टाचार भएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले स्रोतले प्रारम्भीक अनुसन्धानले ठुलै भ्रष्टाचार भएको देखाएको  जानकारी दिएको छ ।
विभिन्न क्याम्पसलाई दिइएको सम्बन्धन, भवन निर्माण र खरिद प्रक्रियाबारेमा अनुसन्धानमा ठुलै भ्रष्टाचार भएको देखिएको स्रोतले जानकारी दिए । विश्वविद्यालयले कन्सलटेन्सी नियुक्ती गर्नु पर्ने काम पनि कर्मचारीलाई नै काम दिएको, एक वर्षमा २४ महिनाको सम्मको तलब खाएको देखिएको स्रोतले जानकारी दिएको छ । करिब १५ जनाभ्रष्टाचारमा संलग्न रहेको प्रारम्भीक अनुसन्धानले देखाएको स्रोतले जानकारी दिएको छ । करिब एक हप्तामा सबै अनुसन्धान सकिने बताउदै अनुसन्धानका लागी काठमाडौबाटै टोली आएको बताए । अहिले कार्यरत मात्रै नभै पुराना समेत भ्रष्टाचारमा संलग्न रहेका पाएको स्रोतको दावी छ ।

अख्तियारले धेरै उजुरी परे पछि विश्वविद्यालयमा बसेरै अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका लागि अख्तियारको केन्द्रिय कार्यालयका प्रहरी निरीक्षक सुबास पण्डितको नेतृत्वमा छानविन टोली खटिएको छ । टोलीमा विशेषज्ञ पनि सहभागि छन् । विश्व विद्यालयले बिना बिज्ञापन ९ वटा क्याम्पसलाई सम्बन्धन दिईएको, भवन निर्माणमा ढिलासुस्ति तथा आर्थिक चलखेल भएको तथा खरिद प्रक्रियामा पनि भ्रष्टाचार भएको भन्दै दर्जनौं उजुरी अख्तियारमा परेका थिए ।

विद्यार्थी संगठनले पनि बेथीतिको अन्त्यको लागि भन्दै आन्दोलन थालेका छन् । ‘विश्वबिद्यालयमा आर्थीक अनियमितताको एकदमै भएको छ, शैक्षिक वातावरण बिग्रिएको छ, त्यसैले आन्दोलन थालेका हौं’ अखिल (क्रान्तिकारी) पोखरा विश्वबिद्यालय जिल्ला समितिका अध्यक्ष रवीन्द्र रोकाले भने, ‘भवन निर्माण, सम्बन्ध तथा खरिदमा ब्यापक अनियमितता भएको छ ।’ उनले बिना विज्ञापन ९ वटा कलेजलाइ सम्बन्धन दिईएको र तोकिएको समयमा भवन निर्माण नगर्नेलाई कार्वाहि गर्नुको सट्टा झनै रकम बढाईएको बताए ।

अहिले ७ वटा भवन निर्माण भैरहेका छन् । करिव २५ करोड रुपैयाको लागतमा भवन निर्माण हुन लागेका हुन् । ‘एक भवन एकवर्षमा ८ करोडमा निर्माण गर्नुपर्ने थियो, भएन उसलाई कार्वाहि गर्नुपर्नेमा उल्टै ११ करोड पु¥याइयो’ रोकाले भने, ‘यसमा पक्कै पनि आर्थीक चलखेल भयो ।’ पोखरा विश्व विद्यालय सहित ५८ सम्बन्ध क्याम्पसमा गरेर २५ हजार विद्यार्थीले अध्ययन गर्ने गर्छन । मेडिकल कलेज सञ्चालनका लागि पोखरा विश्वविद्यालयले अनियमित रुपमा सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनले आन्दोलन समेत गरेका थिए ।