पे्रस युनियनकोे आठौ महाधिबेशन सुरु संविधानका धेरै विषयमा सहमति ः देउवा


हुम तमु
पोखरा, २२ भदौ
नेपाली काग्रेस निकट नेपाल प्रेस युनियनका आठौ महाधिबेशन पोखरामा सुरु भएको छ । अधिबेशनको नेपाली काग्रेसका बरिष्ट नेता शेर बहादुर देउवाले उदघाटन गर्नुहुदै संबिधानका धेरै बिषयमा सहमति भैसकेको बताउनुभयो ।

एकिकृत नेकपा माओबादीसंग पनि धेरै बिषयमा सहमति भैसकेकोले तोकिएको बिषयमा संबिधान बन्ने बिश्वास ब्यक्त गर्नुहुदै तोकिएको मितिमा संबिधान निर्माण गरी प्रेस स्वतन्त्रता सुनिश्चित गर्नका लागि पत्रकारहरुले भुमिका खेल्नु पर्ने बताउनुभयो ।

नेपाली काग्रेसका उप–सभापति रामचन्द्र पौडेलले पछिल्लो समयमा आएर संबिधान जारी गर्नुको सट्टा म्याद थप गर्ने कुरा तर्फ दलहरु केन्द्रीत हुन थालेको बताउनुहुदै संघीय गणतान्त्रिक मोर्चाबन्दीले संविधान निर्माणमा समस्या आउन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले जे जस्ता समस्याहरु उत्पन्न भएको पनि संबिधान बनाउन दोस्रो संबिधानसभा सफल हुने दावी गर्नुभयो । तोकिएको समयमा संबिधान बनाएर देशमा आर्थिक तथा कृर्षि क्रान्ति गर्नुेपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल सरकार सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, काँग्रेस नेता अर्जुननरसिँह के.सि, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्ट,उपाध्यक्ष अनिता विन्दु, प्रेस चौतारी केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिबेशनमा देशभरका करिब १३ सय प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको छ । आईतबार उम्मेदवारी दर्ता तथा मनोनयन र सोमबार विहानबाट मतदानको प्रक्रिया सुरु हुने जनाईएको छ । युनियनको अध्यक्षका लागि हालसम्म शिव लम्साल र बद्रि सिग्देलले उम्मेदवारी दिने चर्चा छ ।
अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गर्ने बताइएको छ ।