अवैध यौन क्रियाकलाप हुने आंशकामा वेगनासतालका होटलमा प्रहरीको छापा


 लेखनाथ, भदौ २१ –

वेगनासतालका होटलमा इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाक प्रहरी चौकीको टोलीले छापा मारेको छ । प्रहरीले होटलमा अवैध यौन क्रियाकलाप हुने आंशकामा छापा मारेपनि कुनै पनि जोडी पक्राउ परेनन् । पछिल्लो समयमा बेगनासतालका होटलहरुमा प्रहरीले निगरानी बढाउँदै आएको छ ।
शनिबार मात्रै दुइ दर्जन होटलमा छापा मारिएको जानकारी दिदै इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी इन्चार्ज गंगाबहादुर थापाले अवैध क्रियाकलाप गरिरहेको अवस्थामा कुनैपनि जोडी फेला नपरेको उल्लेख गरे । उनले केही होटलमा विगतमा त्यस्ता गतिविधि हुँदै आएको गुनासोका आधारमा छापा मारिएको जानकारी दिए । आज त्यस्तो केही फेला परेन, तर पनि हामी यो प्रक्रियालाई निरन्तर अघि वढाउँछौं इन्चार्ज थापाले भने, अवैध क्रियाकलाप गर्ने कोही कसैलाई कानूनी रुपमा छुट हुँदैन । बेगनासतालमा केही होटलमा ग्राहकहरुले दिउँसो कोठा बुकिङ गरी यौनजन्य गतिविधि गर्दै आएको प्रहरीले जानकारी दिएको छ । केही होटल यस्ता घटनामा बारम्वार पर्ने गरेका छन् ।