विक्रिती र विसंगतीले विकासलाई अवरोध पु¥याउछ-एस पी लामा


भीमपाणि वराल
लेखनाथ ,भदौं १८
कास्कीका प्रहरी प्रमुख एस पी वशन्त लामाले विक्रिती विसंगतीले विकास निर्माणका कामलाई अवरोध पु¥याउने भएकाले त्यस्ता क्रियाकलापलाई अन्ते गर्नु अहिलेको आवस्कता रहेको विचार राखेका छन् ।

सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा लेखनाथको आठौ साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै एस पी लामाले विकासका गतिवीधिलाई अगाडी वढाउन शान्ति सुरक्षा चाहिन्छ र शान्ति सुरक्षाका लागि प्रहरीले मात्र केही गर्न सक्दैन जसका लागि जनताको सहकार्य चाहिन्छ उनको भनाई थियो ।

नागरीकको सहकार्य विना प्रहरी प्रशासनको अभिभार पुरा नहुने विचार राख्दै एस पी लामाले प्रहरी संगठनले नागरीकलाई सग सगै लिएर हिड्न चाहन्छ जसले गर्दा जनतामा शान्ति सुरक्षाको प्रत्याभुती होस र अपराधिक जन्य क्रियाकलापको अन्ते हुन सकोस उनले भने ।

सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा लेखनाथका अध्यक्ष शेरवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालीकाका कानुनी सल्लाकार राममणि अधिकारीले लेखनाथ नगर क्षेत्र विकास उन्मुख नगरपालीका भएकाले अपराधिक मनोवल भएका केही व्यक्तिहरुको समुहलाई निरुत्साहीत वनाउनका लागि नागरीक प्रशासन विचको सहकार्य अपरिहार्य भएको धारणा राखेका थिए भने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गीरिले लेखनाथको विकासका लागि प्रहरी प्रशासन र नागरीक विचको सहकार्य अपरिहार्य भएकोमा जोड दिएका थिए ।

सोही अवसरमा सस्थापक अध्यक्ष मोती गीरि,नागरीक समाजको तर्फवाट सुरेन्द्रराज अधिकारी,सामुदायीक सेवा केन्द्र जिल्ला समोन्वय समितीका कार्यवाहाक अध्यक्ष विष्णु वहादुर भटराई,डाडाको नाक प्रहरी चौकीका ईन्चार्ज गंगावहादुर खत्री,सम्पुण महिलाहरुको तर्फवाट वुद्धिमायाँ मगर,लेखनाथ साना सहरी खानेपानी आयोजना उपभोक्ता सस्थाका अध्यक्ष वोधराज लामीछाने,नेकपा एमाललेका नगर अध्यक्ष मोहन गुरुङ,राप्रपा नेपालका केन्द्रिय सदस्य सुर्यमोहन भटराई लगाएतले विकास निमार्ण र शान्ति सुरक्षाका सवालमा सहमति र सहकार्यको आवस्यकता रहेको विचार राखेका थिए ।

सेवा केन्द्रका उपाध्यक्ष ईश्वरी अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन महासचिव दयाराम तिवारीले गरेका थिए भने कोषाध्यक्ष रमेश ओझाले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।