गलकोट घुम्टे विकास मञ्च विधिवत् दर्ता


रूद्र श्रीसमगर
पोखरा, भदौं १८
बागलुङ जिल्लाको मध्यवर्ती गलकोट क्षेत्रको समग्र विकासका लागि टेवा पु¥याउने उद्देश्यका साथ पोखरामा बसोबास गर्ने गलकोटेहरूद्वारा स्थापित गलकोट घुम्टे विकास मञ्च–पोखराको विधिवत् दर्ता भएको छ ।
मञ्चले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी दर्ताका लागि निवेदन दिएकामा गत शुक्रबार जिल्ला प्रशासन कार्यालय, कास्कीमा विधिवत् दर्ता भएको हो । मञ्चले जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता नं. ३२३५/०७१ पाएको छ ।
मञ्चको मंगलबार सम्पन्न बैठकले दर्ताबारे जानकारी गराएको हो । ‘अब हामी विधिवत् रूपमा दर्ता भएका छौं, समाज कल्याण परिषद्मा पनि आबद्धताका लागि प्रक्रिया सुरु भइसकेको छ’, अध्यक्ष हिराबहादुर खत्रीले भन्नुभयो ।
सो बैठकले मासिक बैठक हरेक महिनाको दोस्रो शनिबार बिहान ७ः३० बजे गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी, मञ्चले आधिकारिक छाप, लेटरप्याड छपाइका साथै, आफ्नै कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ ।
बैठकले निकट भविष्यमै वेबसाइट निर्माण गरी मञ्च र गलकोट क्षेत्रको पर्यटकीय महŒवका बारेमा प्रचारप्रसार गर्ने, विधान तथा फोन डायरी प्रकाशन गर्ने एवं पोखरादेखि बागलुङसम्म एम्बुलेन्स सञ्चालनका लागि खरिद गर्न पहल गर्ने निर्णय समेत गरेको छ भने मञ्चको नयाँ नेतृत्व चयनका लागि आगामी हिउँदमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । मञ्चमा हालसम्म २ सय १३ जना आजीवन सदस्य आबद्ध भइसकेका छन् ।
त्यसैगरी, दर्ता गर्न सहयोग गर्ने वडा कार्यालय, पोखरा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला विकास समिति कास्की तथा जिल्ला प्रशासन कार्यालय कास्कीप्रति मञ्चले आभार व्यक्त समेत गरेको छ । बैठकले पोखरामा बसोबास गर्ने गलकोटेहरूका विवाह, व्रतबन्ध, पास्नीलगायत शुभ अशुभ कार्यमा सघाउ पु¥याउने र गलकोटको संस्कृति संरक्षणका लागि सांस्कृतिक टोली निर्माण समेत गरेको छ ।
मञ्चका अध्यक्ष हिराबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन कार्यसमिति सदस्य बमबहादुर छन्त्यालले गर्नुभएको थियो ।