बेपत्ता पारिएकाहरूको सम्झनामा विविध कार्यक्रम सम्पन्न


पोखरा । भदौ १५ गते

बलपूर्वक वेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस अगस्ट ३० को सन्दर्भमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत १२ वटा संघ संस्थाको संयुक्त आयोजनामा दोस्रो दिन शनिवार कास्कीको भलाम गाविस– ६ स्थिति गुयलीखोरीयामा वृक्षारोपण र श्रीकृष्ण मावि मासवारमा रहेको विरुवाहरुको गोडमेल साथै बेपत्ता नागरिकहरुको स्मृती पार्क शहिदचोकमा बेपत्ताजनको सम्झानामा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भयो ।
बेपत्ताको सम्झनामा कपुर, चाप, इपिलइपील, धुपीसल्लो,गुल्मोहर, लप्सी,तेजपत्ता, बडहर लगायतका करीब ४ सय ५० विरुवाहरू रोपीएको थियो । त्यसैगरी गतवर्ष श्रीकृष्ण मावि मासवारमा बेपत्ताहरुको सम्झनामा रोपीएका विरुवाहरु वेपत्ता परिवारका आफन्त, अधिकारकर्मीहरू, कानूनव्यवसायी, शिक्षक लगायतको सहभागीमा गोडमेल गरिएको थियो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक तिलक आचार्यले बेपत्ता परिवारलाई परिपूरण सहित न्यायको प्रत्याभूती दिलाउन सरकारसँग माग गर्नु भयो ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको क्षेत्रीय संयोजक शिव खकुरेलले बलपूर्वक बेपत्ता पारिनबाट संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी २००६ लाई तत्तकाल अनुमोदन गर्न सरकारलाई आग्रह गदै संक्रमणकालीन न्यायका संयन्त्र अन्तरर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोग यथाशिघ्र गठन गर्न माग गर्नु भयो । त्
यसैगरी कार्यक्रममा अधिकारकर्मी एवं स्थानीय शान्ति समितिका सदस्य खगराज आचार्य, एड्भोकेसी फोरमका सरलाकुमारी पाण्डे, मानवअधिकार एलायन्स क्षेत्रीय सचिव जानकी शर्मा, शान्ति समाज कास्कीका अध्यक्ष धिरज थापा, न्यायका लागि द्धन्द्ध पीडित समाजका अध्यक्ष कृष्णप्रसाद पराजुली र राष्ट्रिय मानवअधिकार आयोग,पोखराका ज्योतीप्रसाद घिमिरे, श्रीकृष्ण मावि मासवारका व्यवस्थापन समिति अध्यक्ष डण्डराज शर्मा लगायतले बोलेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोग, पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरा, एड्भोकेसी फोरम, कोपिला नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाल रेडक्रस सोसाइटी उप शाखा,भलाम, महिला मानवअधिकार रक्षक सञ्जाल, स्थानीय शान्ति समिति, मानवअधिकार एलाइन्स, बेपत्ता परिवार समाज र न्यायका लागि द्वन्द्व पीडित समाज लगातयका संघ संस्थाको सहभागीता रहेको इन्सेक पोखराका मधु पन्थीले जानकारी गराउनु भयो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापती बामदेव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल र संचालन उप शाखा भलामका सचिव इश्वरीप्रसाद पौडेलले गरेका थिए ।