बाटुलेचौर तिज मेला सम्पन्न पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि विकासको ढोका खुल्छ मन्त्री ः आचार्य


शिशिर पौडेल
पोखरा १२ भदौ

पोखराको बाटुलेचौरमा ६ दिनदेखि संचालित तीज मेला सम्पन्न भएको छ । तीज गीत प्रतियोगीताको उद्धघाटनसँगै समापन समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री भिम आचार्यले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण पछि, पश्चिमाञ्चल क्षेत्रको मुहार फेरिने बताउनु भएको छ ।

विमानस्थल निर्माण प्रकिया अघि बढेको बताउँदै मन्त्री आचार्यले ठेकेदारसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गर्नुभयो । विमानस्थल निर्माण प्रक्रिया कुनै पनि बाहानामा नरोकिने विश्वास दिलाउँदै यसले पर्यटन विकासको कोसे ढुङगा बनाउने उहाँको भनाई थियो ।

मन्त्री आचार्यले पोखराको बाटृलेचौर क्षेत्रलाई पर्यटकिय स्थल बनाउन सरकारले सहयोग गर्ने बताउदै देशमा बेरोजगारी समस्या अन्तय गर्न पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनु भयो । सभासद चुडमणी जङगली र श्रीमाया थकालीले परम्परागत संस्कृतिको संरक्षण गर्न सकेमात्रै राष्ट्रिय पहिचान रहन सक्ने बताउनु भयो । उहाँहरुले पर्यन क्षेत्रको विकासमा सरकार गम्भीर बन्नुपर्नै बताउनु भयो । यस अघि मन्त्री आचार्य सहितको टोलीले पर्यटकीय स्थल महेन्द्रगुफाको निरिक्षण गरको थियो । कार्यक्रममा पूर्व सांसद सोमनाथ अधिकारी प्यासी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा,मेलाका सहसंयोजक दान बहादुर वानिया,व्यवसायी पोषण थापा लगायतले पर्यटन क्षेत्रका विभिन्न समस्याका बारेमा मन्त्री आचार्यलाई जानकारी गराएका थिए ।

महोत्सवमा आयोजित तीज गीत प्रतियोगीतामा मिलिजुली वाल समूह प्रथम,संरक्षण आमा समूह द्धितिय, सर्वेश्वर आमा समूह तृतिय र गन्र्धव आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन । त्यस्तै विद्यालय स्तरीय लोकनृत्यमा सरस्वती विदयाश्रम प्रथम,प्रगती बोडिङ स्कुल द्धितिय र सुर्योदय बोडिङ स्कुलले तृतीय स्थान प्राप्त गर्दै नगद पुरस्कार प्राप्त गरेका छन ।

त्यस्तै सिक्स ए साइड फुटवलमा अमन मेमोरियल विजेता बन्दै ८६ हजार नगद र संघर्ष युवा क्लव उपविजेता हुदै ४१ हजार रुपैया प्राप्त गरेका छन । त्यस्तै खुल्ला पुरुष भलिवलमा मुक्तिनाथ बाहिनी विजेता बनेको छ भने पश्चिम पृतना हेडक्वाटर उपविजेत बनेको छ ।रस्सा कस्सीमा लेकसाइड समूह र घैटो फुटाउनेमा कुल बहादुर केसी उत्कृष्ठ भएको प्रचार संयोजक धन बहादुर थापाले जानकारी दिनुभयो । मेला संयोजक अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा विजयी समूह र संस्था लाई पुरस्कार वितरण गरिएको थियो । मेलामा लोकदोहरी गायिका दुर्गा गुरुङ,चोलेन्द्र पौडेल, तारापति सुवेदी लगायतले तीजे भाका प्रस्तुत गरेका थिए ।