थापाको समुह शान्ति स्तुपामा


भदौ १३, पोखरा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी विन्दुकुमार थापाको समुहले विहिवार शान्ति स्तुपाको अवलोकन गरेको छ ।

केहिदिन अघि परेको पानीले स्तुपा क्षेत्रको जमिन समेत पहिरो गएकाले संरक्षण पहलका लागि स्तुपा पुगेको वर्तमान प्रथम उपाध्यक्ष समेत रहेका थापाले जानकारी दिनुभयो । पोखराको श्रीपेचको रुपमा रहेको पर्यटकीय केन्द्रलाई जोगाउनु हामी सबैको दायित्व हो, थापाले भन्नुभयो । उहाँले पर्यटकीय नगरमा थुप्रै सम्भावाना रहेकाले प्रवद्धनका कार्यक्रमहरु योजनामा राखिएको जानकारी दिनुभयो । थापासँगै संघका कार्यसमितिका सदस्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।

बुधवार परेको पानीले स्तुपा नजिकै पहिरो खसिसकेको छ । थप पहिरो खस्न नदिनका लागि वरपर प्लाष्टिक राखिएको छ भने अरु काम पनि भइरहेको छ ।

शान्ति स्तुपा संरक्षणका लागि पोखरा उद्योग वाणिज्य संघले ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । २०५५ सालमा निर्माण सम्पन्न भएको स्ुतपा करिव १ सय १५ फिट उचाइ र ३ सय ४४ डायामिटरमा फैलिएको छ ।