आजको पञ्चाङ्ग,२०७१ साल भाद्र १३ गते शुक्रबार


राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त
आज मिति २०७१ साल भाद्र १३ गते शुक्रबार, तदनुसार अगस्त २९ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको चतुर्थी तिथि ४७ घटि २ पला अर्थात रातिमा १२ बजेर ३० मिनेटसम्म त्यस उप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा ४८ घटि ३१ पला अर्थात रातिमा १ बजेर ०६ मिनेटसम्म त्यस उप्रान्त तुला राशिमा प्रवेश गर्नेछ । आज दिनमा ३१ घटि ५७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४१ मिनेटमा विभिषण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २६ मिनेटमा हुनेछ ।

10574407_786949601357670_1998935915222540781_n
आजको राशिफल
मेष ः पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरु बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।
वृष ः पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
मिथुन ः स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो भई कार्य शुरु गर्नुहोला ।
कर्कट ः नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।
सिंह ः आम्दानीमा गिरावट आउनेछ, समय विवादित रहनेछन, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
कन्या ः मित्रहरुबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचिबढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुनेछ ।
तुला ः पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
वृश्चिक ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुने।
धनु ः दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरु सक्रिय हुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।
मकर ः एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।
कुम्भ ः आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
मीन ः शैक्षिक तथा सामाजिक प्रगति हुने, प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।

आजको साइत ः आज दक्षिण र पूर्व दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र १३ गते शुक्रबार बिहान ५ः४१ बजेदेखि ७ः११ बजेसम्म चर बेला, बिहानमा ७ः११ बजेदेखि ८ः४१ सम्म लाभ बेला, बिहानमा ८ः४१ बजेदेखि १०ः११ बजेसम्म अमृत बेला, बिहानमा १०ः११ बजेदेखि ११ः४१ बजेसम्म काल बेला, बिहान ११ः४१ बजेदेखि दिनमा १ः११ बजेसम्म शुभ बेला, दिनमा १ः११ बजेदेखि २ः४१ बजेसम्म रोग दिनमा २ः४१ बजेदेखि ४ः११ बजेसम्म उद्वेग साँझ ४ः११ बजेदेखि ५ः४१ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९