स्याङजामा इतिहासकै भिषण बाढि ,करौडोको क्षती, जनजिवन प्रभावित


घनश्याम पाण्डेय

पोखरा, भाद्र १२- स्याङजामा अहिले सम्मकै ठुलो भिषण बाढि आएको छ । २०३४ सालमा आँधी खोलामा आएको पहिरोले आधि थुनिएर फुट्दा बाहेक स्याङजालीले आधिखोला यसरी उर्लेर आएको देखेका थिएनन् । स्याङजामा पहिरोमा परि पुतली बजार नगरपालिका वडानं १ की १२ बर्षीया उर्मिला शाहको मृत्यु भएको छ भने चट्याङलागेर मग्यास चिसापानि गाविस वडान ७की ५० बर्षिय दिलमाया गुरुङको ज्यान गएको छ । यस्तै रोल्पा घर भई वालिङमा मजदुरी गर्दे आएकी ह्स्तकला घर्तीलाई आँधिले बेपत्ता बनाएको छ । भिषण बर्षाको कारण खहरेहरु पनि उर्लेर आउदा आँधीखोला , ज्याग्दीखोला ,दरौखोला , लुब्दी खोला ,च्याउदीखोला लगायतका आसपासमा लगाइएको हजारौं हेक्टर धानखेतमा बालुवा भरिएकोेछ ।

10444415_892940360734637_2661786012173182552_n

बयरघारीमा संचालन गरेको ऋतुराज र अरुणले संचालन गरेको कुखुराको फम बाट झण्डै ३ हजार कुखुरा बगाएको , बालिङ लगायको क्षेत्रबाट पनि कुखुरा बगाएको ,त्रियासीमा रहेको कृषि फम बाट ७० हजार भन्दा बढी माछाका भुरा बगाउनुको साथै ४ सय ५० रोपनी क्षेत्रफलमा लगाइएको तरकारीबाली नष्टपारेको बताइएको छ । सोही फममा रहेको २ वटा टेक्टर र ६ वटा पानी तान्ने पम्प पनि आधिले बगाएकोछ ।यता लामगेमा रहेको बंगुर फम बाट १५ भन्दा बढी बंगुर बगाएको , हेलुमा रहेको बंगुर फम बाट पनि बंगुर बगाएकोछ ,उता वालिङमा रहेको बाढिले वालिङमारहेको पतञ्जलीयोगपिठको पर्खाल भत्काएको छ । विभिन्न क्षेत्रमा गएको पहिरोले आधादर्जन भन्दा बढि विद्यालयमा क्षती पुगेको छ भने कच्चीसडकमा अधिकास ठाँउमा पहिरो गएकाले े सवारी साधन आवगमनमा समस्या भएको छ ।
२०५५ सालमा पनि स्याङजामा भिषण बाढि जादा कोल्मा काउले र प्रगती नगरमा ठुलो धनजनको क्षती पु¥याएको थियो भने तत्तकालीन समयमा पनि आँधीखोलामा यती धेरै पानीको बहाब नदेखेको स्थानीयको भनाई छ ।

तस्वीर ः स्याङजाका पत्रकार युगल पौडेल