पोखरा उद्योग वाणिज्य संघमा कोइराला र थापा र स्वतन्त्र गरी ३१ वजनाको उमेदवारी


भदौं १२, पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आगामी ३० औं महाधिवेशनका लागि वर्तमान अध्यक्ष संञ्जिब बहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापाको समुहले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा दुई, एसोसीयटमा दुई, र कार्यसमितिमा २७ जनाको गरी ३१ जनाको उमेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले बताए ।
कोइराला पक्षका अंिधकांस कार्यसमितिका सदस्य पदका उम्मेदवारले मंगलवार गरे भने र कोइरालाले बुधवार उम्मेदवारी दता गरेका थिए । थापाको समुहले अध्यक्षका प्रत्यासी थापा सहित एकैपटक निर्वाचन समितिका सचिवालयमा पुगेर उम्मेदवारी मनोनयनका लागि दर्ता गरेका हुन् । उम्मेदवारी मनोनयन गर्नु अघि थापाको समुह र समर्थकसहित न्यूरोडबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक हुदै सचिवालय सम्म ¥याली निकालेको थियो । ¥यालीकै क्रममा पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले थापा समुहलाई शुभकामना दिएका थिए ।
उम्मेदवारी दर्ता पछि आयोजित कोणसभामा बोल्दै अध्यक्षका प्रत्यासी विन्दुकुमार थापाले आफ्नो उम्मेदवारी एक व्यक्ति एक कार्यकालको लागि भएको प्रष्ट पारे । अध्यक्ष पदमा निर्वाचित गरेको खण्डमा दुई वर्षे कार्यकाल पुरै संघलाई प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा व्यवसायी टिका पौडेलले अग्रिम बधाई दिदै खादा लगाएर सम्मान गरेका थिए । संघको तत्कालीन अध्यक्ष रमेश कर्मचार्यको समयदेखि पोखरा उद्योग वाणिज्य संघमा एक व्यक्ति एक नेतृत्वको आवाज उठ्दै आएको छ । कर्मचार्यले सोहि नाराका साथ एक दशक अघि चुनाव जितेका थिए । नाताले संघका वर्तमान अध्यक्ष कोइराला र विन्दुकुमार थापा ज्वाँइ जेठान हुन् । भदौ १३ गते ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको निर्वाचन समितिका संयोजक तिर्थ श्रेष्ठले जानकारी दिएका छन् । गएको चुनावमा थापाले अन्तिम समयमा आएर कोइरालालाई साथ दिएकाले यसपटक कोइरालाले थापालाई साथ दिनेमा विषयमा चर्चा चल्न थालेको छ ।

sanjiv-koirala-1 संञ्जिब बहादुर कोइरालाको प्यानल

कोईरालाको समुहमा वर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष इश्वर कर्माचार्य, महासचिव नारायण कोइराला, उपमहासचिव हिरा भट्टराई, सदस्यहरु क्रमश विश्वशंकर पालिखे, दामु अधिकारी, दिलिप सुवेदी,धनिराम बराल, बलराम पहारी र रामबहादुर बस्याल रहेका छन् । देवकृष्ण काफ्ले,अनिल सुवेदी र मंगल नेपालीले नयाँ सदस्यका रुपमा उम्मेदवारी दिएका हुन। त्यसै गरी थापाको समुहमा वर्तमान कोषाध्यक्ष रविन्सन प्रजुसहित पूर्व उपाध्यक्ष देव क्षेत्री र कार्यसमितिका सदस्यहरु मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला सुवेदी, प्रकाश देव पालिखे, पवन प्रजापति लगायत रहेका छन् । यसैगरि पुष्पराज पराजुली, सीता गुरुङ, गिरीधारी शर्मा र नारायण पौडेल, जनकराज पराजुली र हरिराज पन्त नयाँ उम्मेदवार रहेका छन । एसोसियट सदस्यमा स्वतन्त्रतर्फका अम्मर केसी र अर्जुन पोखरेले उमेदवारी दिएका छन भने स्वतन्त्र सदस्यमा धुर्व बराल र अमृत पोखरेल समेत उमेदवारी दिएका छन ।

sanjiv-koirala-1विन्दु कुमार थापाको प्यानल