बागलुङ समाज स्पेनको अध्यक्षमा प्रगती शर्मा निर्वाचित


बार्सिलोना। बागलुङ समाज स्पेनको दोश्रो अधिवेशनबाट प्रगती शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सोमबार बार्सिलोनामा सम्पन्न अधिवेशनबाट शर्माको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। 

समाजको उपाध्यक्षहरुमा अरुण घिमिरे र भिम बहादुर बिष्ट (सुन्दर), महासचिवमा केविन्द्र शाही ठकुरी,सचिव दीपक परियार, कोषाध्यक्ष्यमा प्रवेश पौडेल र सह कोषाध्यक्ष्यमा लक्ष्मण प्रताप सिंह निर्विरोध निर्वाचित भएका छन्। 

कार्यसमिति सदस्यहरुमा विकास कंडेल, पूर्ण बहादुर थापा,सागर क्षेत्री, कमल केसी कृष्ण कंडेल, बिक्रम पौडेल,सन्दिप खत्री,दिवाकर शर्मा,सुनिल दर्लामी मगर,धनुदेबी सापकोटा ,सरस्वती शर्मा, रिता केसी,नविन कार्की र दिपेश सापकोटा चयन भएका छन्। कार्यसमितिले पाँच क्षेत्रीय संयोजक समेत तोकेको छ। केशब रिजाल (पाइसभास्को), हर्क थापा (म्याड्रिड),दुर्गा बहादुर भण्डारी (कोष्टाब्लाङ्का), प्रेम बहादुर केसी (ग्रान कानारीया) र विकल प्रताप सिंह (मालागा) रहेका छन्। 

बागलुङ समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथिको रुपमा बोल्दै गिरीले  निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामाना ब्यक्त गरे।

राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपक क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए। अधिवेशन सम्पन्न गर्न समाजका संरक्षक पुष्पराज भण्डारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो। सल्लाहकार विदुर गौतम र दुर्गा शर्मा सदस्य रहेका थिए। 

कार्यक्रमको सन्चालन समाजका महासचिब सुदर्शन शर्माले गरेका थिए।