नयाँ बर्षमा राजेशपायलले बार्सिलोना तताउदै 


बार्सिलोना। मेगास्टार,राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित गायक राजेश पायलले अप्रिल १६ आईतबार बार्सिलोना तताउने भएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली नयाँ बर्ष २०८० को अवसरमा आयोजना गर्ने कार्यक्रमका लागि राई बार्सिलोना आउने भएका हुन्। 

नव बर्ष २०८० सांस्कृतिक धमाका नाम दिईएको उक्त कार्यक्रममा गायक राईको साथमा लोक दोहोरी गायक चन्द्र शर्मा, गायिका सम्झना मगर लामिछाने लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने भएको छ। 

 ७ बर्ष पहिले पनि चर्चित गायक राईले बार्सिलोनामा आएर आफ्नो  प्रस्तुती राखेका थिए। नेपाली चलचित्र पाश्व गायन,नेपाली पप,नेपाली लोक पप,लगायत सुगम संगीत गरि जस्तो सुकै विधामा गीत गाउँन सक्ने क्षमता भएका गायकका रुपमा राई परिचित छन्। 

यसैवीच, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार राष्ट्रिय आविष्कार केन्द्रप्रति चासो राख्दै आएका नेपालीहरु बार्सिलोनामा भेला हुने भएका छन्। ‘ नयाँ बर्षको सांस्कृतिक कार्यक्रम अघि हामीले  युरोपका विभिन्न देशहरुबाट पाल्नु भएका विज्ञहरुवीच छलफल गर्ने छौ।’ श्रेष्ठले भने ‘ मूलत आँफूले सिकेको ज्ञान र सिपलाई  आविष्कार केन्द्रसँग जोडिएर कसरी योगदान दिन सकिन्छ भनेर विभिन्न देशहरुबाट आउनुभएका विज्ञवीच छलफल गर्नेछौ।’

कार्यक्रम बारे विवरण 

मिति : 16 april 2023 

स्थान  : Rector triado 53 Barcelona 

Metro : L5 sants / L3 Taragona 

समय :  दिउँसो १२  बजे देखि युरोप डे कार्यक्रम

 साँझ ५:३० देखि राति १२ बजेसम्म नयाँ बर्ष विशेष सांकृतिक कार्यक्रम 

प्रवेश निशुल्क 

आयोजक :- नेपाली जनसम्पर्क समिति स्पेन