स्पेनको बार्सिलोनामा नेपाल चिनाउने कार्यक्रम हुँदै 


फाईल तस्विर

बार्सिलोना। विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलिया हेर्न बर्सेनि लाखौं पर्यटकहरुको भीड लाग्ने गर्छ। १ सय ४० वर्षअघि शिलान्यास भएर पनि अझै बनिरहेको गिरजाघर स्पेनको मात्र होइन, युरोपकै उत्कृष्ट गन्तव्य मानिन्छ।

पर्यटकीय शहर बार्सिलोनाको मुटुमा नै रहेको उक्त गिर्जाघर अघि अप्रिल १६ आईतबार मिनी नेपालको झल्को दिने तयारी थालिएको छ। 

सामुदायिक विकास योजना (प्ला कमुन्तारी) साग्रदा फैमिलियाको अन्तर साँस्कृतिक कार्यक्रमअन्तर्गत जनप्रगतीशिल मञ्च स्पेनले आफ्नो देशको चिनारीसहित कार्यक्रम गर्ने तयारी थालेको हो। 

चर्चको अगाडि नै नेपाली झण्डाहरुले सजिएको नेपाल चिनाउने स्टल।नेपाली खानासहित  नेपाली पोशाक सहित नेपाली कला र संस्कृतिको झझल्को दिने कार्यक्रमको मुख्य उदेश्य रहेको मञ्चका अध्यक्ष बिशाल ढुंगानाले जानकारी दिए।  

कार्यक्रमबारे विवरण:

मिति :- १६/ ०४/ २०२३ आइतबार ।

समय दिनको :- १५:३० बाट १७:३० बजे सम्म 

स्थान :- CALLE MARINA CON PROVENCIA BARCELONA

METRO L5 / L2  , SAGRADHA FAMILIA 

आयोजक

नेपाली जनप्रगतिशील मंच , स्पेन