स्वर्गीय सापकोटाको परिवारलाई स्पेनमा रकम संकलन सुरु (नामावली सहित)


बार्सिलोना। स्वर्गीय जनक सापकोटाको परिवारको सहयोगार्थ स्पेनमा रकम संकलन अभियान सुरु भएको छ। एनआरएनए स्पेनको मूल नेतृत्वमा स्पेनस्थित संघसंस्थाहरुको पहलमा हालसम्म ३ हजार ८ सय २८ युरो सहयोगको प्रतिवद्वता आएको छ। नेपालीनेपाली डटकमलाई प्राप्त यो प्रारम्भिक आँकडा भएपनि विभिन्न संघसंस्थाहरुले संकलन गरेको सहयोगको पूर्ण विवरण आउँन भने बाँकी नै रहेको छ। 

काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडानम्बर १ मूल घर भएका सापकोटाको मेडिसिटी अस्पतालमा ३ नोभेम्बर ११:१५ बजे सेप्टिक सकका कारण निधन भएको थियो। 

उनि विगत पाँच वर्षदेखि स्पेनमा बस्दै आएका थिए।  दशैंतिहार मनाउन छुट्टीमा नेपाल पुगेका सापकोटाको अकल्पनीय निधनपछि स्तव्ध बनेको नेपाली समुदायले सहयोग अभियान सुरु गरेको हो। 

मृतक सापकोटाको परिवारमा श्रीमती, ८ वर्षीय एक छोरी  र ६ वर्षका एक छोरा रहेका छन् । मृतकका ८२ र ७२ वर्षीय मातापितासमेत रहेका छन् । चार दाजुभाइ र पाँच जना दिदीबहिनीहरू रहेको ठूलो परिवारमा जनकको असमायिक निधनले ब्रजपात परेको छ।

पारिवारिक स्रोतका अनुसार जनकको आफ्नै १० लाख रुपैयाँ ऋण रहेको छ। ‘६ र ८ वर्षका छोराछोरीहरुको भविष्यबारे पनि सोच्नु पर्नेछ। पारिवारिक सल्लाह अनुसार नै स्पेनको नेपाली समुदायमा सहयोगको अपील गरेका छौं,’ छिमेकी समेत रहेकी सरला सापकोटाले बताइन्।

‘युरोप बसेको भन्ने बित्तिकै कमाई भइहाल्छ भन्नु छैन। तीन वर्ष दु:ख गर । कागाज बनाऊ। घर आउँजाउँ खर्च । अब केही गर्ने बेलामा यस्तो अकल्पनीय घटना घट्यो । सबैले आफ्नै पीडा सम्झेर सहयोग गर्न म अपील गर्दछु,’ उनले भनिन्, ‘श्रीमती, छोराछोरी र परिवारको अवस्था मेरै आँखाले देखेकी छु। उनको सपनाको घर बीचैमा टुटेको छ । मल्हम लगाउने काम अब हामी सबैको हो।’

उनको मेडिसिटी अस्पतालमा उपाचारका क्रममा तीन लाख सैंतीस हजार नौ सय पन्ध्र रुपैयाँ चौरासी पैसा खर्च भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय सापकोटाको परिवारलाई सहयोगार्थ प्रतिवद्वता रकमको विवरण : 

एनआरएनए स्पेनको पहलमा 

1) डा सर्मिला पराजुली ढकाल 200  €

2) रोशन पाठक   50€

3) बिदुर गौतम 35 €

4) एकराज गिरि 25 €

5) साइग्रेस पोख्रेल 20 €

6) लक्ष्मण शर्मा 20 €

7) पेशल कोइराला 20 €

8) सृजना  लामिछाने 151 €

9) तारानाथ डल्लाकोटी 51 €

हालसम्म ५७२  €

जनप्रगतिशील मञ्च स्पेनको पहलमा 

  1. कृष्ण प्रसाद/दिलमाया भुसाल- १०५€
  2. गंगा प्रसाद भुसाल – १००€
  3. केशवराज कंडेल – १००€
  4. दिनेश कुमार गिरी – १००€
  5. विशाल ढुंगाना – ८१€
  6. भोजराज सापकोटा – ५१€
  7. रामु गैरे – ५१€ 
  8. अर्जुन आचार्य – ५१€
  9. स्याम प्रसाद खनाल – ५१€
  10. सुमि घिमिरे / रामु सापकोटा – ५१€
  11. हेलोन मल्ल – ५०€
  12. पासागं शेर्पा – ५०€
  13. बसन्त रानाभाट – ५० €
  14. लक्ष्मण शर्मा – ५० €
  15. विवेक सापकोटा – ३१€
  16. प्रकाश पुरी – ३१€
  17. लक्ष्मण तामागं – ३०€ 
  18. राम दाहाल – ३०€
  19. रमेश पन्डित – ३०€
  20. पि. डि. राई -२५€
  21. खेम कुमार भन्डारी – २५€ 
  22. शुरेस गिरि – २५€
  23. पुष्कर कार्की – २५€
  24. टिकाराम शास्त्री – २२€
  25. मुना पोखरेल – २१€
  26. निसान थापा – २०€
  27. शुसिल विक्रम राणा – २०€
  28. रोजन थापा – २०€ 
  29. गणेश गिरी – १५€

हालसम्म १३११

नेपाली जनसम्पर्क समिति स्पेनको पहलमा 

१) नेपाली जनसम्पर्क समित -५१ €

२) सन्तोष श्रेष्ठ ५१ € 

३) विनय अधिकारी २५ € 

४) बिष्णु रिजाल  २५ €

५) लिल रोक ३५  €

६) कुल चन्द्र पन्थी ३० € 

७) श्रीराम  चन्द्र भट्ट  २५  €

८) बिनोद लामिछाने २५  €

९) यज्ञ प्रसाद अधिकारी २५  €

१०) दिपक आचार्य  ३० €

११) बिनय श्रेष्ठ ५० € 

१२) बिजय शर्मा दर्पण ३१ €  

१३) प्रबिन सिंह २६ €

१४) राम प्रसाद सापकोटा “ बिराज “ ४० €

१५) रबिन्द्र महर्जन २० € 

१६) मुकुन्द लामिछाने ५१ €

हालसम्म ५४०

कास्की आदर्श समाज स्पेनको पहलमा

१.कास्की आदर्श समाज स्पेन- 101€ 

२.पुष्प के सी             -51€ 

३.केदार ढुङ्गाना            -31€  

४.गोविन्द  भुसाल            -21€ 

५.देवी गाैतम भण्डारी      -25€ 

६.गीता बराल                – 15€ 

७.शान्ता राणा                -21€ 

८. चन्द्र कान्त पौडेल          -25€ 

९.अचुत रिमाल                 -25€ 

१०.सुरज रानाभाट             -25 € 

११.विबुस पाहारी              -15€ 

१२.सोबिन बानिया             -20 € 

१३.शिव लामिछाने             -25 € 

१४.लेकाली घिमिरे              -25€  

१५.सुनिता  भुर्तेल ढुङ्गाना     -20€ 

१६.विवेक हमाल                 -25€ 

१७.माेहनराज  गाैतम       -15€ 

१८.बल बहादुर कार्की           -25€ 

१९.बेलकाजी गुरुङ्ग            – 35€ 

२०.कमल भण्डारी                 -15 € 

२१.गणेश राज अधिकारी         -15€ 

२२.कमला के सी                   -15€ 

२३.तिलक कार्की                   -30€  

२४. कुमार  गुरुङ                    – 55 € 

२५.केशर बहादुर थापा              -25 €         

२६.सुरेश भण्डारी                    -21€ 

२७.जित बहादुर कुमाल            – 51 € 

२८.लक्ष्मन खत्री                     –  25 € 

२९.मान रोक्का                      – 31 € 

३०.धूर्व ढकाल                       – 20 € 

३१.एकराज भण्डारी                 -20 € 

३२.निकीसा दाहाल                  -11€ 

३३.केशव शर्मा                    – 20  €                                     

34/मंगल श्रेष्ठ             – 20€                     

35/हरि आचार्य            -20€                      

36/दीपक बस्नेत       – 31€                    

37/टिका सुबेदी         -15 €                

38/बिकाश कार्की      -11€ 

हालसम्म ९९५  € 

पूर्वेली नेपाली एकता समाजको पहलमा: 

१) पूरुषोत्तम भट्टराई -५१ € 

२) केदार निरौला – ५१ € 

३) दिपिन कार्की – ५१ € 

हालसम्म १५३  € 

एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पहलमा:

१) मेघनाथ ढकाल -५१ €

२) सागर भोटे -२० €

३) रामकृष्ण पुडासैनी -३५€

हालसम्म १०६  € 

महिला फोरम स्पेन :- १५१ 

जम्मा प्रतिवद्वता रकम : ३ हजार ८ सय २८ युरो ( ०८ नोभेम्बर २०२२, २३: ५५ बजेसम्मको अपडेड )