पर्वत समाज स्पेनको अध्यक्षमा अनन्त लामिछाने चयन 


बार्सिलोना। पर्वत समाज स्पेनको तेस्रो अधिवेशनबाट अनन्त लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सोमबार बार्सिलोनामा सम्पन्न समाजको तेस्रो अधिवेशनबाट लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। 

समाजको वरिष्ठ उपाध्यक्षमा सुन्दर गुरुङ, उपाध्यक्षमा  भुपेन्द्र श्रेष्ठ,महासचिवमा शिव प्रसाद पौडेल,सचिवमा समी गुरुङ र मनोज गुरुङ चयन भएका छन्। यस्तै कोषाध्यक्षमा अशोक गुरुङ,सह कोषाध्यक्षमा सायल लामिछाने निर्वाचित भएका छन्। 

यस्तै कार्यसमिति सदस्यहरुमा शंकर गिरी,विजय शर्मा दर्पण,सन्तोष शेरचन,विकास तिमिल्सिना,अस्मिता सिग्देल,लक्ष्मी शर्मा,प्रकाश पुरी,बुद्व गुरुङ,प्रेम गुरुङ,सन्तोष सुवेदी,अर्जुन अधीकारी,प्रकाश पौडेल र बिष्णु आचार्य चयन भएका छन्। 

समाजको संरक्षकमा संस्थापक अध्यक्ष ओमर गुरुङ र निर्वतमान अध्यक्ष दिनेशराज रेग्मी चयन भएका छन्।  

गैर आवासीय नेपाली संघका (एनआरएनए)कार्यकारी अध्यक्ष कुल आचार्यले समाजको तेस्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसी (बेल्जियम), संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पुरन गिरी ( युके)संरक्षक सन्तोष जोशी (सुभाष), (बेल्जियम),संरक्षक सुरेन्द्र भुसाल (बेल्जियम), सल्लाहकार उदयराज गौतम (डेनमार्क),उपाध्यक्ष गुणराज शर्मा (स्विट्जरल्याण्ड)सचिव बाबुराम शर्मा (अमेरिका), सचिव प्रकाश पौडेल (बेल्जियम) लगायतको उपस्थिति रहेको थियो। 

संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। 

कार्यक्रममा स्थानीय कलाकारहरु लगायत नेपालदेखि आएका कलाकार द्वय शुष्मा लोहोनी र कल्पना काफ्लेले रमाईलो प्रस्तुति राखेका थिए।